२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने

चालू शैक्षिक सत्र: पहिलो परीक्षा मंसिर र अन्तिम चैतमा

चालू शैक्षिक सत्र: पहिलो परीक्षा मंसिर र अन्तिम चैतमा
अ अ+ अ-

काठमाडौं । सरकारले चालू शैक्षिक सत्र वैशाखबाट शुरु भएर चैतमा सकिने जनाएको छ । कोभिड–१९ का कारण करिब ५ महिना पढाइ नभएर शैक्षिसत्र कहिलेबाट शुरु हुन्छ भन्ने विषयमा अन्योल उत्पन्न भइरहेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रमार्फत सो धारणा सार्वजनिक गरेको हो । विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले सो जानकारी गराएका हुन् । उनले भने– ‘पाँच हिमाली जिल्लामा फागुन र अन्य जिल्लामा वैशाखदेखि शैक्षिकसत्र शुरु भइसकेको छ ।’ चैत महिनादेखि लकडाउन भएपछि पढाइ ठप्प भएको थियो । असारमा अनलाइन निर्देशिका जारी भएपछि केही निजी विद्यालयले औपचारिकरुपमा पढाइ शुरु गरेका थिए ।

सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको अवस्थामा सरकारले वैशाखदेखि शैक्षिकसत्र शुरु भएर चैतमा अन्त्य हुने जनाइसकेको छ । मन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले मंगलबार समायोजन ढाँचा सार्वजनिक गरेपछि औपचारिकरुपमा पठनपाठन शुरु हुने निश्चित भएको छ । शिक्षा सचिव डा. सञ्जय शर्माले कार्यढाँचा तयार गरेर सार्वजनिक गर्नुअघि परिषद्ले समायोजन ढाँचा सार्वजनिक गरेको हो । ढाँचामा मंसिरमा पहिलो र चैतमा अन्तिम परीक्षा लिने उल्लेख छ । सिकाइ सहजीकरण निर्देशिकालाई आधार मानेर निर्माण गरिएको समायोजन ढाँचामा विद्यार्थीको परीक्षा लिन विभिन्न मोडल तय गरिएको छ । अनलाइइन वा भर्चुअल, प्रश्नपत्र पठाएर घरबाटै परीक्षा दिन सक्ने (ओपनबुक), सामाजिक दूरी कायम गरी विद्यालयमै उपस्थित भएर र अन्य कुनै पनि विधिबाट परीक्षा लिन सक्ने उल्लेख छ ।

प्रयोगात्मक परीक्षासमेत सोही विधिमा आधारित हुने जनाइएको छ । करिब ६ सय पेजको कार्यविधि आज बुधबारसम्म केन्द्रको वेबसाइटमा राख्ने तयारी भएको छ । कार्यकारी निर्देशक दाहालले यो ढाँचा नमुना मात्र भएको जानकारी गराउँदै विद्यालयका प्रअ, विषय शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय विज्ञसहितको समितिले पाठ्यपुस्तकको आधारमा तयार गरी पढाउनुपर्ने बताए। प्रयोगात्मक परीक्षाको हकमा भने शिक्षकले भर्चुअल वा भौतिक दूरी कायम गरी लिने व्यवस्था गरेको छ । कार्यकारी निर्देशक दाहालले कठिन र कम कठिन पाठलाई विभाजन गरिएको बताए । शिक्षकले नपढाई नहुने पाठलाई कठिन र विद्यार्थी आफैले वा अभिभावकको सहयोगमा शिक्षकले केही सिकाएर मात्रै हुने पाठलाई कम कठिन भनिएको छ । कम कठिन पाठ शिक्षकले नपढाए पनि हुने भएको छ । उनले कठिन पाठ्यवस्तुलाई एकातर्फ र विद्यार्थी स्वयं वा अन्यले सामान्य सहजीकरण गरेर सिक्न सक्ने अर्को वर्गमा निर्धारण गरिएकाले यो परीक्षा शतप्रशितकै हुने जानकारी दिए ।

उनले जुनसुकै वैकल्पिक माध्यम अपनाएर, शिक्षकले थोरै संख्यामा विद्यार्थीलाई सहभागिता गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तर शिक्षकले सबै विद्यार्थीको मूल्यांकनलाई पछिसम्म अभिलेखका रुपमा रहने गरी नम्बर दिन सक्ने व्यवस्था भएको बताए । विशेष गरी कोभिड वर्षमा विद्यार्थीले पढ्न सक्ने किसिमको ढाँचा तयार गर्नु आवश्यक भएकाले विज्ञसहितको सहभागितामा तयार गरिएको उनको भनाइ थियो । शिक्षामन्त्री पोखरेलले तहगत र विषयगतरुपमा समायोजन ढाँचा सार्वजनिक गर्दै सोहीअनुसार पठनपाठन शुरु गर्न आग्रह गरेका छन् । परिस्थितिअनुसार यो विधिलाई परिवर्तन गर्न सकिने उनको भनाइ छ । कक्षा १–३, ४ र ५, ६–८ र ९ को समायोजना ढाँचा तयार गरिएको छ । एसईई परीक्षाको विषयमा विषय समायोजना गर्ने वा नगर्ने विषय उल्लेख गरिएको छ । मन्त्री पोखरेलले सिकाइ सहजीकरणका क्रममा गरिने मूल्यांकन, प्रयोगात्मक मूल्यांकन र प्रमाणीकरण मूल्यांकनबाट विद्यार्थीको कक्षोन्नति गर्न सकिने बताए। उनले असोज १ गतेबाट वैकल्पिक विधिबाट अध्ययन गर्ने व्यवस्था गर्न सबै स्थानीय तहलाई समायोजन ढाँचा उपलब्ध गराइने जानकारी दिए। केन्द्रले समायेजन ढाँचामा समस्या भए तत्काल समाधान गर्ने व्यवस्था गरिएको जनाएको छ ।

यसैबीच शिक्षामन्त्रीले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका पनि सार्वजनिक गरेका छन् । नेपालको नयाँ नक्सासहितको सो सामग्री कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि निःशुल्क वितरण गरिनेछ । विभिन्न विज्ञको सहयोगमा तयार गरिएको पुस्तकमा कालापानी, लिम्पियाधुरा र लिपुलेकको मिचिएको सीमा नेपालकै भएको तथ्यसहितको विवरण सार्वजनिक गरेका छन् ।

कक्षा ११ मा नयाँ पाठ्यपुस्तक

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ मा नयाँ पाठ्यपुस्तक लागू हुने स्पष्ट पारेका छन् । हिसानका अध्यक्ष रमेश सिलवालसहित केही अधिकारीले पुरानै पुस्तक लगाउनुपर्ने दबाब दिइसकेको बेला मन्त्री पोखरेलले नयाँ पुस्तक लागू भइसकेको जानकारी दिरेका हुन् । उनले भने– ‘अब ढुक्क हुनुस् सरकारले यो वर्षबाट कक्षा ११ मा नयाँ पुस्तक लगाउने निर्णय गरिसकेको छ । यसमा कुनै परिवर्तन हुँदैन ।’ हिसानले भने कोभिडका कारण नयाँ पुस्तक लगाउन नसक्ने भन्दै आएको छ ।

अध्यक्ष सिलवालले नयाँ पुस्तक नलगाउन चेतावनीसमेत दिएका छन् । हिसानकै केही पदाधिकारीले नयाँ पुस्तक पढाउने तयारी गरिसकेको अवस्थामा अध्यक्ष सिलवालले भने पुरानै कोर्स लागू गर्ने रटान दिँदै हिँड्ेका छन्। तर, प्याब्सन र एनप्याब्सनलगायतका संस्थाले नयाँ पुस्तक लागू गर्नुपर्ने दबाब दिइरहेका छन् । मन्त्री पोखरेलले मंगलबार पत्रकार सम्मेलनमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छापेको दुईवटा पुस्तक देखाउँदै भने– ‘हेर्नुस् त पुस्तक छपाइ गरिसकेका छौं, लागू भइसकेको छ ।’

स–साना समास्या भए समाधान गर्ने बाटो भइरहेको अवस्थामा पुस्तक लागू गर्न दिन्न भन्नु गलत भएको हिसानकै अधिकारीको भनाइ छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले केन्द्रले पुस्तक तयार गरी छपाइ गरिसकेको बताउँदै यो शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने स्पष्ट पारे । राष्ट्रिय परीक्षा बोर्डले पनि नयाँ कोर्स पढाउन आग्रह गरिसकेको छ । नेपाल समाचारपत्र दैनिक