७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर

कोरोना सङ्क्रमितको शव उठेन

कोरोना सङ्क्रमितको शव उठेन
सांकेतिक तस्बिर
अ+ अ-

सप्तरी । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन ।

रुघाखोकी र ज्वरो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको आइतबार दिउँसो सङ्क्रमण रिपोर्ट पोजेटिभ आएको केही घण्टामा नै मृत्यु भएको थियो । 

सम्बन्धित स्थानीय तहले शव लैजान नसक्दा रातभरि शव आइसोलेशन केन्द्रमा नै रहेको कोभिड–१९ व्यवस्थापन संयोजकसमेत रहेका गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले बताउनुभयो । 
    
शुक्रबार अस्पताल भर्ना भएकी महिलाको आइतबार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशन केन्द्र पु¥याएलगत्तै साँझ ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शव व्यवस्थापन नहुँदा मृतकका परिवारका सदस्य र गाउँले अस्पताल परिसरमा बसेका छन् । उनीहरुले व्यवस्थापन गर्न नसक्ने भए शव जिम्मा दिन माग गरेका छन् ।
    
कोभिड– १९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि– २०७६ मा शवलाई चाँँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पु¥याउनुपर्ने उल्लेख छ । कोरोना सङ्क्रमितको मृत्यु भएमा नेपाली सेनाले सम्बन्धित स्थानीय तहको भौतिक सहयोगमा व्यवस्थापन गर्दै आएको छ । यसअघि मृत्यु भएका शवको व्यवस्थापन अन्य स्थानीय तहमा नगर्न दबाब दिँदै स्थानीय तहका प्रमुखले आआफ्नो स्थानीय तहमा गर्नुपर्ने भन्दै आवाज उठाएपछि शवको व्यवस्थापन आफ्नै पालिका क्षेत्रमा गरिँदै आएको छ । 
    
शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यकपर्ने गाउँपालिकाको जेसिभी सर्भिसिङमा भएकाले शव व्यवस्थापन गर्न समस्या भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताउनुभयो । अन्य स्थानीय तहसँग माग्दा पनि जेसिभी उपलब्ध नभएकाले आज शव व्यवस्थापनको प्रयास भइरहेको बताउनुभएका अध्यक्ष यादवले मृतककै गाउँ मुसहरनियामा शव व्यवस्थापन गरिने जानकारी दिनुभयो । 

सप्तरीमा योसँगै मृत्यु हुनेको सङ्ख्या दुई महिलासहित १० जना पुगेको छ ।