८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

सांसदहरुको आरोपः समिति सदन भन्दा सरकारप्रति बढी जवाफदेही भयो

सांसदहरुको आरोपः समिति सदन भन्दा सरकारप्रति बढी जवाफदेही भयो
फाईल फोटो
अ+ अ-

काठमाडौँ । समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरुले समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।

बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले विधेयक वर्षौंसम्म अड्काएर राख्न नहुनेमा जोड दिए । समितिमा आएको जलश्रोत विधेयक, २०८१ सहितका अन्य विधेयकहरु छिटो टुंग्याउनुपर्नेमा जोड दिए । समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद महेश बस्नेतले अर्थतन्त्रलाई गतिशिल बनाउने सन्दर्भमा पनि पूर्वाधार विकास समितिको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले आफ्नो क्रय शक्तिलाई पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा आम रुपमा श्रोत र साधन तल जान नसकेको बताउनु भयो । जसले गरिबी घटाउन र विकास निर्माण अघि बढाउन नसकिरहेको बताउनु भयो । विधेयकको छलफललाई वृहत दायरामा लैजाने कुरामा समिति अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आम रुपमा आर्थिक स्थितिमा जुन चलायमान हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । अर्थतन्त्रलाई गतिशिल बनाउने सन्दर्भमा पनि हाम्रो समितिको महत्वपूर्ण भुमिका छ । नेपालको सन्दर्भमा अहिले हेर्ने हो भने सबैभन्दा ठूलो क्रेता नेपाल सरकार हो । तर नेपाल सरकारले आफ्नो क्रय शक्तिलाई पूर्ण रुपमा सञ्चालन गर्न नसकिसकेपछि आम रुपमा श्रोत र साधन तल जान सकिरहेको छैन । जसका कारण गरिबी घटाउन र विकास निर्माण अघि बढाउन सकिरहेका छैनौँ । विधेयकको छलफललाई वृहत दायरामा लैजाने कुरामा हामी अघि बढ्नुपर्छ । विधेयकलाई समय सान्दर्भिक बनाउन विज्ञहरुसँग छलफल गर्नुपर्छ । छलफल कहाँ भए भन्दा पनि छलफलको निचोड के आयो भन्नेकुरा महत्वपूर्ण हुन्छ । एउटा विधेयक वर्षौंसम्म अड्काएर समितिमा राख्ने परम्परालाई अन्त्य गरेर समितिको प्रभावकारितालाई हामी पुष्टि गरौँ ।’

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारलाई दबाब दिएर भएपनि समितिमा आएको जलश्रोत विधेयकसहितका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताउनु भयो । उहाँले समितिमा परेका उजुरीका सम्बन्धमा उपसमिति गठन गरेर जानुपर्ने माग गर्नुभयो । उहाँले आफ्नो समितिसँग सम्बन्धित विषयहरुमा बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई अलि बढी दबाब लिएर यो विधेयकहरु छिटो टुंग्याउन निर्देशन दिऔँ । परिपक्व भएका दुई वटा विधेयकमा लागौँ । अरु दुई वटा विधेयक आइसके । त्यसमा यि पठाइसकेपछि छलफल गरौँला । उजुरीहरुका सम्बन्धमा सार्वजनिक लेखा समितिले हिजो छानविन र छलफल गर्न एउटा समिति बनायो । हाम्रोमा पनि लेखा समितिका भन्दा कम उजुरी त यहाँ छैनन् । कम महत्वपूर्ण पनि छैनन् । यिनीहरुको टुंगो लगाउँदै जानुपर्छ । छलफल नगर्ने भए त्यसलाई ब्याण्ड गरौँ । छलफल गर्ने भएपछि क्लियर गर्दै जाउँ । समितिले आफ्नो समितिसँग सम्बन्धित विषयहरुमा बढी ध्यान केन्द्रित गरौँ ।’

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले समिति सदनप्रति जवाफदेहीहुन नसकेको आरोप लगाउनु भयो । उहाँले समिति समिति र संसदप्रति बढी जवाफदेही हुनुपर्नेमा सरकारप्रति बढी जवाफदेही बन्ने गरी अघि बढिरहेको बताउनु भयो । समितिको काम कारबाहीलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समिति आफ्नो जिम्मेवारीबाट डेब्युट हुँदैछ । सरकारलाई सदन र समितिप्रति उत्तरदायी बनाउनुपर्नेमा समिति सरकारप्रति जवाफदेही बन्ने खालको गल्ती हामी गरिरहेका छौँ । आगामी दिनमा यो गल्ती नदोहो¥याऔँ । यसलाई सही छ भन्नकुरा सावित गर्ने हो भने यसले समितिमाथि नै प्रश्न उठाउँछ । समितिको काम कारबाहीलाई अलि व्यवस्थित गर्नेबारेमा सोचियोस् ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले पूर्वाधार विकाससम्बन्धी महत्वपूर्ण कामहरु अघि बढिरहेको बताउनु भयो । उहाँले केही अलपत्र रहेको र केही सम्पन्न हुने स्थिति रहेको भन्दै अलपत्र आयोजनारुहरु अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महत्वपूर्ण कामहरु अघि बढिरहेका छन् । कतै अलपत्र छन्, कतै सम्पन्न हुने स्थिति पनि छ । एक पटक अन्तिम चरणमा पुगेको छ । मुग्लिङ–पोखरा सडक खण्ड । एक पटक समिति नै अनुगमनमा जाने हो की रु पिच जति मोटाई हुनुपर्ने हो त्यति भएको छैन भन्नेकुरा स्थानीयले भनिरहेका छन् ।’

सांसद नेपालीले मुग्लिङ–पोखरा सडक खण्डको समितिले स्थलगत अनुगमन गर्नुपर्ने माग गर्नुभयो ।