२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री खनालको ‘क्षितिजबाट घाम’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको छ ।

देशभक्तिको भावनामा रचिएको उक्त गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । उक्त भिडियोको निर्देशन वासु दुलालले गरेका हुन्  भने गीतमा गायिका तारा दुलाल र परेश राईले स्वर रहेको छ।

सामाजिक परिवर्तन, आर्थिक विकासका विषय समेटिएको गीतमा सङ्गीत तोरेम्पा हाङ र सङ्गीत संयोजन राजु कार्कीले गरेका छन् । बढ्दो महँगी, बेरोजगारी अन्त्य गर्न सुशासन कायम गर्नुपर्नेमा जोड दिइएको गीतमा पार्टीको दशौँ महाधिवेशनका दृष्य समावेश गरिएका छन् ।

उक्त म्युजिक भिडियोको रेकर्डिङ किंङ् रेकर्डिङ स्टुडियो काठमाडौँमा गरिएको हो । नेता खनालले समाजवादी अर्थ व्यवस्थाका लागि आवश्यक वातावरण बनाउन साहित्य सृजना गरेकाले गीतमा प्रगतिशील शब्दहरू चयन गरिएको बताए ।

गीत सबै दर्शक र श्रोताको निम्ति महत्वपूर्ण हुने बताउँदै उनले हामी सबैको बाटो समाजवाद हो भन्ने मूल उद्देश्यका साथ यो गीत रचना गरेको उल्लेख गरेका छन् । यसअघि उहाँका केही पुस्तक र गीत पनि प्रकाशन भएका छन् ।

भिडियो हेर्नुहोस: