७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समय सापेक्ष संशोधन गर्न सरकारलाई निर्देशन

राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समय सापेक्ष संशोधन गर्न सरकारलाई निर्देशन
अ+ अ-

काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समय सापेक्ष संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । 

मौजुदा ऐन समय सापेक्ष नभएकोले प्रस्तावना देखि दण्ड, सजाय लगायतका प्रावधान परिमार्जन गरी संशोधन गर्न समितिले सरकारलाई दिर्नेशन दिएको हो । नेपाल बाल संगठन लगायत वर्गिय तथा व्यवसायीक संगठन गठन गर्ने आधारका रुपमा रहेको ऐन परिमार्जन गरी संघियताको मर्म अनुसार बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताउनुभयो । समितिले बाल संगठनको पूर्व कार्यसमितिले आफ्नो अभिलेख अहिलेको तदर्थ समितिलाई आधारिक रुपमा नबुझाएकाले समाज कल्याण परिषदको रहोबरमा १५ दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । सो समयावधि भित्र नबुझाएमा कानूनी कारवाहीको दायरामा ल्याउन समितिले समाज कल्याण परिषदलाई निर्देशन दिएको छ । 

बाल संगठन दयनिय अवस्थामा आइपुग्नुमा विगतको अपारदर्शी र अवैज्ञानिक व्यवस्थापकिय शैली व्यवहार र नीति भएको समितिले बताएको छ । संगठनको पर्याप्त जग्गा र भवन लगायत अचल सम्पत्ति भएर पनि संगठनको अवस्था दयनिय र नाजुक भएकोप्रति समितिले ध्यानाकर्षण समेत गराएको छ । नक्कली कागजात बनाएर बालबालिकालाई अन्यत्र बालगृहमा हस्तान्तरण गर्ने गरेको, कानून विपरित संगठनको जग्गा लिजमा दिएको, धर्मपुत्र÷धर्मपुत्रि सम्बन्धि सिफारिस कानून विपरित रहेको, संरक्षित बालबालिकाको खाताम कमिसन हुने गरेको, कानून विपरित विदेशी नागरिकलाई बालबालिका बेचबिखन गर्ने गरेको र योग्यता अनुसार कर्मचारी व्यवस्थापन नहुने गरेको जस्ता आरोप लाग्ने गरेकोमा अहिलेको यथार्थ परिवेश झल्किने गरी १ महिनाभित्र स्वेतपत्र जारी गर्न समितिले संगठनलाई निर्देशन दिएको छ । साथै संगठनको प्रभावकारी व्यवस्थापन गरी लक्षित वर्गको हित अनुकुल हुने अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तर्जुमा गर्न पनि समितिले निर्देशन दिएको छ । 

देशका ७६ जिल्लामा संगठनको जग्गा र भवनहरु रहेको र केन्द्रिय कार्यालय परिसरमा समेत १ सय २ रोपनी जमिन मध्ये ५१ रोपनी १३ आना ३ पैसा खण्डित गरी कानून विपरित लिजमा दिएको अवस्थामा कुन कुन निकाय, व्यक्तिलाई किन र कहिलेसम्म दिएको हो सो को स्पष्ट आधार प्रमाणसहित अभिलेख गर्न पनि निर्देशन दिएको छ । जग्गा र भवन लिजमा दिँदा चरम आर्थिक अनियमितता भएको जनगुनासो आएकाले नियम विपरित र संस्थाको हित विपरित भएका सम्झौताहरु १५ दिनभित्र समितिलाई उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ । संगठनलाई विभिन्न स्रोतबाट प्राप्त हुने आर्थिक पक्षलाई अभिलेख गरी वित्तिय पारदर्शीता र उत्तरदायित्व कायम हुनेगरी व्यवस्थापन गर्नपनि समितिले निर्देशन दिएको उहाँले बताउनुभयो । समितिले संगठनमा रहेका परिवार भएका र परिवारको रेखदेखको सम्भावना रहेका बालकालिकाको सूची चयार गरी पारिवारिक पुर्नस्थापना गर्न र आवश्यकता अनुसार सामाजिक पुर्नस्थापना गर्न समेत संगठनलाई निर्देशन दिएको छ ।