२५ पुष २०८१, बिहीबार
,
Latest
सूर्यदर्शन सहकारी ठगी प्रकरण: थुनछेक आदेश आउदै, सुरक्षा व्यवस्था कडा चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड अख्तियारको सीमा र नीतिगत भ्रष्टाचार एलिट कपः आर्मीले बागमतीलाई दियो २०४ रनको लक्ष्य प्रेम सुवाल र राजकिशोर यादवबीच भनाभन ,औंला तल राख्नुस, नौंटंकी गर्ने ? माटोका भाँडा बनाउने व्यवसायी समस्यामा बीमा साक्षरता अभियानलाई तिब्र बनाउन आवश्यकः उपप्रधानमन्त्री पौडेल सरिखेत स्कुलको छात्रावास शिलान्यास बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्नु पर्छ : अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना किसानको १४ प्रतिशत बोनस शेयर पारित



अ+ अ-

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७९/८० मा रु ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०/८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भई नाफा रु ९२ करोड १९ लाख  पुगेको छ । यसैगरी आव २०७९र८० मा कुल सञ्चालन आम्दानी रु एक अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार छ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्‍याएको आएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ । रासस