१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

फोनपे नेटवर्कमा पौष महिना भित्र ५१ अर्ब बढिको कारोबार

फोनपे नेटवर्कमा पौष महिना भित्र ५१ अर्ब बढिको कारोबार
अ अ+ अ-

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्क मार्फत पौष मसान्त महिनामा मात्र ५१ अर्ब बढिको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तिब्ररूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो ।  

पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढिको कारोबार भएको हो । फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको हो । 

आधा खर्ब भन्दा माथिको आँकडा पुरा गरेपछि सोमबार फोन पेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पुरा गर्न सहयोगी भूमिका खेल्ने फोनपेका सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ । 

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । साथै मर्चेन्टले निशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन । 

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ ।
 
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबछ छन् भने अन्तराष्ट्रिय भुक्तानी पार्टनरमा चाइना युनियन पे र अलि पे आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म  ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।  । फोनपेमा इसेवा, आइएमइ पे र सेलपे जस्ता भुक्तानी सेवा प्रदायक आबद्ध छन् । 

एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ६० लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स मार्फत  यसले सेवा प्रदान गर्दै आएको छ ।