७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

नेपाल प्रिमियर लिगः बिर्सिन नसकिने प्रतियोगिता

नेपाल प्रिमियर लिगः बिर्सिन नसकिने प्रतियोगिता
अ+ अ-

काठमाडौँ । क्रिकेटका लागि नेपाल उपयुक्त मुलुक भएको प्रमाणित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेलिभिजनहरुको प्रत्यक्ष प्रसारणमार्फत विश्वका क्रिकेटप्रेमीहरुले सुन्दर हिमश्रृखङ्ला, रमणीय प्राकृतिक एवं सांस्कृतिक स्थलहरुको दृश्यावलोकन गर्दै क्रिकेट खेल हेर्ने अवसर पाएका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको एनपिएल क्रिकेट हेर्नका लागि पहिलो दिनदेखि नै उपस्थित भएका अपार जन समूहको क्रिकेट ‘क्रेज’ देखेर विश्वका क्रिकेटप्रेमीहरु चकित परेका छन् । नेपाल र विश्वको विभिन्न देशका क्रिकेट स्टारहरु सम्मिलित आठ वटा नेपाली टिमबीच भएको रोमाञ्चकारी प्रतिस्पर्धाले बिर्सिन नसकिने प्रतियोगिताको रुपमा एनपिएललाई स्थापित गरिदिएको छ । नेपालमा व्यावसायिक खेलको विकासका लागि महत्वपूर्ण जग बसाउन एनपिएल सफल भएको मानिएको छ ।

खेलमा भन्नै नसकिने

एनपिएल क्रिकेट प्रतियोगिताको प्रारम्भदेखि नै सुदूरपश्चिम रोयल्स टिमले सशक्त रुपमा दाबेदारी प्रस्तुत गर्दै अङ्क तालिकामा अग्रता कायम गर्दै आइरहेको थियो । टाइगर उपनामले परिचित नेपाली राष्ट्रिय टिमका भरपर्दा खेलाडी दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम टिमले प्रत्येक म्याचमा बलिङ, ब्याटिङ तथा फिल्डिङ सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरुको मन जित्न सफल भएको थियो । विभिन्न देशका अन्तर्राष्ट्रिय खेलाडीहरुले पनि सुदूरपश्चिमको अग्रतालाई अगाडि बढाउन महत्वपूर्ण खेलेका थिए । यस्तै सुदूरपश्चिमको पहिलो खेलदेखि नै अत्यधिक खेलप्रेमीहरु पनि देउडा र स्थानीय भाखा गाउँदै टिमको समर्थनमा उर्लिएका थिए । तर फाइनलको दिन अपेक्षित प्रदर्शन हुन सकेन । सुदूरपश्चिमले ब्याटिङ राम्रो गरे पनि बलिङ राम्रो गर्न नसकेको स्वयं कप्तान ऐरीले स्वीकारेका छन् ।

एनपिएल क्रिकेट प्रतियोगिताको फाइनलमा जनकपुर बोल्टस टिमले सुदूरपश्चिम रोयल्स टिमलाई पाँच विकेटले पराजीत गरी उपाधि जित्न सफल भएको थियो । जनकपुर पनि प्रारम्भिक खेलदेखि नै सुदूरपश्चिमलाई अङ्क तालिकामा पछ्याउँदै थियो । एनपिएलको फाइनलमा जनकपुर र सुदूरपश्चिमबीच तेस्रो भिडन्त भएको थियो । जनकपुर यसअघि लिग र क्यालिफायर एकमा गरी दुईपटक सुदूरपश्चिम टिमसँग पराजीत भैसकेको थियो ।

पछिल्लो खेलमा सुदूरपश्चिमसँग आठ विकेटले पराजित भएको जनकपुरले फाइनलमा उच्च मनोबलका साथ प्रतिस्पर्धा गरेर उपाधि हात पार्न सफलता प्राप्त गरी विगतको पराजयको बदला लिन सफल भएको थियो । यसमा अतिथि खेलाडी लाहिरु मिलान्थाको सर्वाधिक ८७ रनको योगदान महत्वपूर्ण रह्यो । जनकपुर टिम लिग चरणमा पनि चितवन राइनोज टिमसँग पनि पराजित भएको थियो । तर पहिलो खेलमा नै विराटनगर किङ्सलाई आठ विकेटको अन्तरले पराजित गरी सशक्त उपस्थिति देखाएको जनकपुरले प्रतियोगिता अवधिभर कूल आठवटा जित हात पारेको थियो । फाइनलमा पराजित सुदूरपश्चिम टिमले भने फाइनलअघि एक खेलमा मात्र हार व्यहोरेको थियो । जितपछि प्रतिकृया दिँदै फाइनलमा जनकपुरका कप्तानको जिम्मेवारी सम्हालेका आशिफ शेखले जितको श्रेय आफ्नो टिमका सबै सदस्यहरुलाई दिने बताएका थिए ।

सर्वाधिक रकमको प्रतियोगिता

एनपिएल क्रिकेटका सहभागी आठ टिम खरिददेखि खेलाडी छनोट, प्रतियोगिता सञ्चालनसमेतका लागि विभिन्न व्यापारी र व्यापारिक प्रतिष्ठानले करोडौं रुपैंयाँ लगानी गरेका थिए । पुरस्कारका लागि समेत करोडौं रुपैंयाँ खर्च गरिएको छ । एनपिएल नेपालमा हालसम्म भएका खेलकुद प्रतियोगितामध्ये एनपिएल सर्वाधिक राशिको पुरस्कार भएको प्रतियोगिता बन्न सफल भएको छ ।

एनपिएलमा सर्वप्रथम भएको जनकपुर बोल्टस टिमले रु एक करोड १० लाख पुरस्कारसहित ट्रफी जितेको छ । यसैगरी दोस्रो हुने सुदूरपश्चिम रोयल्सले रु ५१ लाख पुरस्कार पाएको थियो । प्रतियोगितामा तेस्रो हुने कर्णाली याक्सले रु २५ लाख तथा चौंथो भएको चितवन राइनोजले रु १५ लाख पुरस्कार पाएको छ । यो प्रतियोगिताले खेलाडीलाई कार चढने अवसर प्रदान गरेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भएका सुदूरपश्चिम टिमका कप्तान दिपेन्द्रसिंह ऐरीले करिब रु ६२ लाख मूल्य पर्ने चाइनिज कार पुरस्कार विजेता बनेका छन् । उनले प्रतियोगितामा अब्बल कप्तानको भूमिका निभाउँदै आफूले पनि कूल २२७ रन तथा नौ विकेट लिएका थिए । प्रतियोगिता अवधिभर कूल १७ विकेट लिन सफल ललित राजवंशीले उत्कृष्ट बलर पुरस्कार बापत मोटरबाइक हात पारेका छन् । यसबाहेक विभिन्न नेपाली तथा अतिथि खेलाडीहरुले नगद पुरस्कार प्राप्त गरेका थिए ।

‘म्याच फिक्सिङ’ टर्र्यो

विभिन्न मुलुकमा बेलाबखत भएका क्रिकेट प्रतियोगितामा ‘म्याच फिक्सिङ’ भएको सुनिने गरिएको छ । यसपालि एनपिएलमा पनि मिलेमतोमा खेलेर ‘म्याच फिक्सिङ’ होला कि भनेर उच्च सतर्कता अपनाइएको थियो । यसका लागि सुरक्षा अधिकारीहरुलाई नै जिम्मा दिइएको थियो । शुरुमा सट्टेबाजीको आरोपमा केही व्यक्ति पक्राउ परेता पनि खेल क्रमिक रुपमा अघि बढ्दै जाँदा सुरक्षा सतर्कताको कारण त्यस्ता समस्या पुनः देखिएनन् ।

यसैगरी प्रतियोगिताको सहभागी आटवटै टिममा पनि सुरक्षा अधिकारीहरुलाई पनि सतर्कता गराइएको थियो । यस्तो अवस्था आएको भने अन्तर्राष्ट्रिय जगतमा मुलुककै बदनामी हुन सक्थ्यो । तर सहज रुपमै प्रतियोगिता सम्पन्न भएपछि आयोजकहरु ढुक्क भएका छन् । यस्तै प्रतियोगिता अवधिभरको सुरक्षा पनि सहज बनाउनु सम्बन्धित अधिकारीहरुको चुनौती रहेको थियो । एनपिएल प्रारम्भ भएको बेला टिकट किनेकाहरुले समेत रङ्गशालाभित्र प्रवेश नपाएर समस्या बनेको थियो । रङ्गशालाभित्र प्रवेश गर्नेक्रममा भएको हुलदंगामा किचिएर केही व्यक्ति घाइते समेत भएका थिए तर दिनहुँ खेलमा दर्शकहरुको उल्लेखनीय उपस्थिति भएता पनि पछि त्यस्ता समस्या दोहरिएन । फाइनलको सम्पूर्ण टिकट केही दिनअघि नै सकिए पनि सुरक्षाको दृष्टिले गम्भीर समस्या आइपरेन ।

शालीन दर्शक

एनपिएल क्रिकेटको शुरुदेखि अन्त्य सम्मका खेलहरुमा दर्शकहरुको उपस्थिति उल्लेख्य रह्यो । हाल जाडोको याममा पनि बिहान सबेरैदेखि दर्शकहरु कीर्तिपुर पुगेका थिए । विदाको दिनबाहेकका खेलहरुमा पनि दर्शकहरुको सहभागिता उल्लेख्य रहेको थियो । खेल हेर्न मानिसहरु नेपालका विभिन्न स्थानबाट समेत आएका थिए । चौरमा बसेर क्रिकेट हेर्न पनि दर्शकहरुले टिकट काटेका थिए ।

खेल अवधिभर दर्शकहरुले विभिन्न गीत गाएर, नाचेर खेलाडीहरुलाई उत्साहित बनाएका थिए । अझ फाइनलको दिन दशौं हजार दर्शकहरु उपस्थित भएता पनि कुनै अप्रिय घटना घटेन । जनकपुरले विजय हासिल गरेपछि गरिएको आतासबाजीको बेला दर्शकहरुले नाचगान गरी रमाइलो गरेका थिए । जनकपुर टिमका अमेरिकी ब्याटर लाहिरु मिलान्थाले सर्वाधिक २९३ रन बनाएबापत प्राप्त गरेको पुरस्कार दर्शकहरुलाई समर्पित गरेका थिए ।

कमेण्टेटर एन्ड्रको नेपाली मोह

अन्तर्राष्ट्रिय क्रिकेट कमेण्टेटर एन्ड्र लियोनार्ड एनपिएलको फाइनलको पुरस्कार वितरणका बेला नेपाली पोशाक लगाएर उदघोषण गर्दै थिए । उनले यसअघि पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली पोशाकमै प्रत्यक्ष प्रशारण गरिसकेका छन् । उनले विश्व चर्चित क्रिकेट स्टार ब्रायन लारालाई प्रत्यक्ष प्रशारणकै बेला नेपालको ढाका टोपी उपहार दिदैं दाइ भनी संवोधन गरेका थिए । उनी नेपालका शुभचिन्तक मानिन्छन् । उनले हरेक पटकको क्रिकेटमा नेपालको खेलको प्रत्यक्ष प्रसारण गर्दा विश्व मानचित्रमा नेपाललाई चिनाउने गरेका छन् । उनलाई यसपालि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानीत गर्नु भएको थियो । एनपिएलको ३२ वटै म्याचका सिलसिलामा एन्ड्रुलगायत अन्य अन्तर्राष्ट्रिय कमेण्टेटरहरुले नेपालको प्रबद्र्धन गर्न योगदान गरेका छन् । सबैजसो कमेण्टेटरले शुरुमा नेपाली भाषामा उद्घोषण गरेर नेपाली दर्शकहरुको मन जितेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिबद्धता

एनपिएल क्रिकेट हेर्न कीर्तिपुर रङ्गशालामा हजारौं मानिसको भिड लागेता पनि त्यहाँको भौतिक अवस्था सन्तोषजनक बनाउन सकिएको छैन । टिकट काटेर गएका दर्शकलाई बस्नका लागि उपयुक्त सिटको समेत व्यवस्था गर्न सकिएको छैन । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गर्नु भएको छ । कीर्तिपुर क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको प्याराफिट निर्माण र फ्लडलाइट जडान कार्य तीन सिफ्टमा फटाफट काम गरेर निर्धारित समयमै सम्पन्न गर्न जोड दिनुभएको छ । उहाँले काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरको क्रिकेट रङ्गशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको थियो । तर एनपिएलका बेला यो सम्भव हुन सकेन । प्रधानमन्त्री ओलीले नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीसहित क्रिकेट खेलाडीहरूलाई बालुवाटारमै बोलाएर यसबारे छलफल पनि गर्नुभएको थियो । त्यसबेला विश्वस्तरीय रङ्गशाला नेपालमा आवश्यकता भएको कुरा उठेको थियो ।

क्यानका पदाधिकारीहरुले बरु अलि समय दिएरै विश्वस्तरको रङ्गशालाको राम्रो डिजाइन गरौंँ, हतार नगराँै भन्ने सल्लाह दिनुभएको थियो । तर जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले बढी समय लाग्ने नै भयो । यसबाट प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ हुन पुग्यो । गत शुक्रबारको कीर्तिपुरमा प्याराफिट निर्माण तथा फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान भएको थियो । क्यानका सचिव पारस खडकाले आगामी वर्षको एनपिएल क्रिकेट प्रतियोगिता फ्लडलाइटमा राति पनि सञ्चालन गर्न सकिने अपेक्षा गर्नु भएको छ । क्रिकेट रङ्गशालालाई विश्वस्तरको बनाउने योजना त्यसपछि पनि जारी रहने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । खेल समापनका अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुको उपसस्थति रहेको थियो ।

अन्तमा,

एनपिएल क्रिकेट प्रतियोगिताको पहिलो संस्करणले नेपाली खेलाडीहरुलाई एउटै प्रतियोगिता खेलेबापत २० लाख रुपैंयाँसम्म पारिश्रमिक पाउने हैसियत बनाएको छ, त्यो अत्यन्त प्रशंशनीय छ । आगामी दिनमा उनीहरुको आयस्तर अझ बढाउँदै लैजानु पर्दछ । एनपिएल क्रिकेटले खेलाडी, खेलप्रेमी दर्शकहरुका साथै क्रिकेटमा लगानी गरेका व्यापारीहरुको समेत उत्साह बढाएको छ । यसलाई अझ स्तरीय बनाउँदै बिर्सिन नसकिने प्रतियोगिताको रुपमा निरन्तरता दिइनुपर्छ । त्यसका लागि अझ स्तरीय खेलाडीहरुलाई टिममा भित्र्याउन टिमहरुले विशेष ध्यान दिनुपर्छ । खेलाडी अक्सनका बेला देखाइएको सुझबुझको आधारमा नै यसपालि विभिन्न टिमले सफलता पाएको देखिएको छ । आगामी दिनमा खेलाडीहरुको अझ उत्कृष्ट प्रदर्शका लागि लगानीकर्ताहरुलाई पनि उत्साहित बनाउन क्यानले बढी जोड दिनु पर्दछ । लगानीकर्ताले पनि आगामी केही प्रतियोगितासम्म नाफाको अपेक्षा गरिनु हुन्न । यस्ता प्रतियोगितालाई राजधानी काठमाडौँमा मात्र केन्द्रित नगरी अन्य जिल्लामा पनि सञ्चालनका लागि सम्बन्धित सबैले सक्रियता जनाउनुपर्ने आवश्यकता महसुस गरिएको छ । रासस