८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

खुशीको खबर ! नेपालमा दसैंका ६ दिनमा १९ हजार संक्रमित निको भए

खुशीको खबर ! नेपालमा दसैंका ६ दिनमा १९ हजार संक्रमित निको भए
अ+ अ-

काठमाडौं । दसैँको अवधिमा सरकारी प्रयोगशालाहरूमा परीक्षण कम हुँदा कोरोना संक्रमितको संख्या घटेको छ भने निको हुनेको संख्या बढेको छ । पछिल्ला ६ दिनमा १९ हजार ३१ संक्रमित निको भएका छन् । १३ हजार आठ सय ४५ मा संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दसैँको अवधिमा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी देखिएको छ । ७ कात्तिक अर्थात् फूलपातीको दिनबाट कोरोना परीक्षण क्रमशः घट्दै गएको थियो । जसले गर्दा निको हुनेको संख्या बढ्दै गयो । ७ कात्तिकमा निको हुने दर ६८।९ प्रतिशत रहेकामा अहिले ७५ प्रतिशत पुगेको छ । दसैंको अवधिमा भएका परीक्षणमध्ये ९९ प्रतिशत निजी प्रयोगशालामा गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

फूलपातीको दिन १६ हजार आठ सय ६३ नमुना परीक्षण गरिएकोमा चार हजार चार सय ९९ जनामा संक्रमण देखिएको थियो । त्यो दिन दुई हजार ६ सय ६८ जना निको भएका थिए । मंगलबार दुई हजार सात सय २५ नमुना मात्रै परीक्षण गरिएका थिए, जसमा पाँच सय ७० जनामा संक्रमण देखिएको थियो । तीन हजार एक सय ६८ जना निको भएका थिए । बुधबार भने आठ हजार दुई सय ४८ नमुना परीक्षण गरिएको छ, जसमध्ये एक हजार नौ सय ५४ जनामा संक्रमण देखिएको छ । त्यस्तै, दुई हजार नौ सय ८१ जना निको भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिन आइसोलेसनमा बसेकालाई डिस्चार्ज दिएका कारण पनि निको हुनेको संख्या बढेको देखिएको हो । पछिल्लो समय १४ दिन आइसोलेसनमा बसेपछि पिसिआर नगरी काममा जान सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, लक्षण निरन्तर देखिएको अवस्थामा भने थप बस्नुपर्ने हुन्छ । संकमणबाट पछिल्लो २४ घन्टामा देशभर ११ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ सय ८७ पुगेको छ । बुधबार देशभर दुई सय ९० जना संक्रमित आइसियूमा छन् भने ७२ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत ९ माघदेखि बुधबारसम्म १४ लाख नौ हजार दुई सय ९५ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । जसमध्ये एक लाख ६२ हजार तीन सय ५४ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये एक लाख २१ हजार आठ सय २४ जना निको भएका छन् । अझै सक्रिय संक्रमित ३९ हजार ६ सय ४३ छन् । अस्पतालमा उपचार गर्ने क्षमता नभएपछि ३१ हजार नौ सय ३४ जनालाई घरमा राखिएको छ । सरकारी तथ्यांकअनुसार देशभरका अस्पतालमा २७ हजार शय्या मात्रै छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।