८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

धमाधम पठनपाठन हुँदै, जिल्ला बाहिर भएका शिक्षकलाई पीसीआर अनिवार्य

धमाधम पठनपाठन हुँदै, जिल्ला बाहिर भएका शिक्षकलाई पीसीआर अनिवार्य
अ+ अ-

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन शुरु गरिएको हो ।

लामो समय लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीले पढेको कुरा बिर्सिने भएका कारण पढाइ सञ्चालन गर्न अनुमति दिएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनुभयो । वडा नं ६ लिमीका दुई विद्यालयमा बाह्रै महिना नियमित पठनपाठनका लागि अनुमति दिएको र अन्यका लागि बुधबार दिइएको अध्यक्ष लामाले बताउनुभयो 

नाम्खा गाउँपालिकाको केन्द्र रहेको याल्वाङाको महाबौद्ध माध्यामिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी अन्तरपालिका र शिक्षक जिल्ला बाहिरका भएका कारण पीसीआर अनिवार्य गरीएको हो ।

विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर कक्षा शुरु गरिएको हो । कात्तिक ७ गते विद्यालय व्यवस्थापन समितिले १२ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको भए पनि बुधबार शिक्षक, विद्यार्थी र अभिभावकले छलफल गरेका कारण कक्षा सञ्चालन नभएको हो । 

महाबौद्ध माध्यामिक विद्यालयले कक्षा पाँचदेखि माथिका कक्षा १२ सम्मका लागि पडनपाठन हुने भएको छ । सोही पालिकामा १६ वटा सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) मा एक हजार ६० जना विद्यार्थी अध्ययनरत रहेका छन् । अन्य विद्यालय पनि एकदुई दिनमा सञ्चालनमा आउने भएका छन् । 

यस्तै हुम्लाको तल्लो क्षेत्रका ताँजाकोट र अदानचुली गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका सामुदायिक विद्यालय यही कात्तिक १६ गतेदेखि पढाइ शुरु गर्ने भएका छन् । कात्तिक ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकअनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालय खोल्ने निर्णय भएको अदानचुली गाउँपालिकाका अध्यक्षक्ष दल फडेराले बताउनुभयो ।

लामो समयदेखि विद्यालय बन्द रहेकाले अदानचुली गाउँपालिका भरीका सम्पूर्ण सामुदायिक विद्यालयलाई कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठनपाठन शुरु गर्न शिक्षकरकर्मचारीलाई आ–आफ्नो विद्यालयमा हाजीर हुन पत्राचार गरेको अध्यक्षले बताउनुभयो । सावधानी अपनाई गाउँपालिकाका सबै बिद्यालय सञ्चालन गरिने भएको छ । 

यस्तै जिल्लाको खार्पुनाथ, ताँजाकोट र सर्केगाड गाउँपालिकाले कात्तिकदेखि पढाइ सञ्चालन गर्ने तयारीमा जुटेको खार्पुनाथ गाउँपालिकाले जनाएको छ । हुम्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र शुरु भएर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न हुने गर्छ ।

तीन महिना हिउँदे बिदा हुने भएका कारण यहाँका स्थानीय तहले धमाधम विद्यालय सञ्चाल गर्ने तयारीमा जुटेका छन् । मङ्सिरमा वार्षिक परीक्षा हुनेभएका कारण कोरोनाबाट बच्ने सुरक्षा सावधानी अपनाउँदै पढाइ सञ्चालन गर्ने भएका छन् ।