१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार थपिए कोरोनाका २३६४ जना संक्रमित



अ+ अ-

काठमाडौं । बिहिबार थप २ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६९ जनाको पिसिआर परिक्षणमा २३६४ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ जना हो । 

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना डिस्चार्ज भएसंगै १ लाख २४ हजार ८६२ जना निको भएर घर फर्किएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ जना रहेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् ।