८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

ओली- दाहाल सम्बन्ध, प्रेम बिबाहपछि सम्हालिन नसकेको घरजस्तो  !

ओली- दाहाल सम्बन्ध, प्रेम बिबाहपछि सम्हालिन नसकेको घरजस्तो  !
अ+ अ-

काठमाडौं । यतिबेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षको मन फाटेको छ । एक अर्काप्रति ठुस्किएर केही दिनदेखि छलफल पनि नगरेको खबरहरु सार्वजनिक भैरहेका छन् । कहिले ओलीको मन फाटिने कहिले दाहालको मन फाटिने हुँदै पार्टी एकतापछि आजको अवस्थासम्म आइपुगेका छन् । 

केही महिनाको प्रेमपछि विवाह बन्धनमा बाधिन हतार गरेका जोडीजस्तो यो जोडी पनि निर्वाचनअघि एक अर्कामा परिपूरक जस्ता थिए । मानौं केपी दाहाल र पुष्पकमल ओलीजस्ता । प्रेम अवधिसम्म त सम्बन्ध ठिकै थियो जब विवाहपछि घरबार सम्हाल्नुपर्ने अवस्था आयो तब व्यावहारिक समस्या सुरु भयो तब दुईको मन पनि फाट्दै गयो । 

एकले अर्कालाई आशंका र संशयका दृष्टिले हेर्न थाले । पछिल्लो पटक झण्डै डिभोर्सको अवस्थामा पुग्न लागेको सम्बन्ध पुनः जसोतसो तत्कालका लागि जोडियो तर डिभोर्सको निवेदन भने च्यातिएको अवस्था होइन । मन्त्रीमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति हुँदै कर्णाली काण्ड र पर्साको घटनासम्म आइपुग्दा दाहालले धेरै नै चित्त दुखाए । 

पटक पटक घुर्क्याउँदै, धम्काउँदै, थर्काउँदै अन्तमा सहमति गर्दै आउनुभएका दाहाललाई कहिलेसम्म सहमति गर्दै अघि बढ्नुपर्ने हो भन्ने अन्योल छ । अन्योल हुनु पनि स्वाभाविक नै हो, नेकपा एमालेसँग एकता गर्नुअघिसम्म सधैँ पार्टीको पहिलो नम्बर नेता हुँदै राज गर्नुभएका दाहाल स्वभावका रुपमा पनि अरुको अधीनमा बस्ने खालको नेता हुनुहुन्न । सम्झौताको राजनीति अवलम्बन गर्नुभएको भए, मोहन बैद्य, डा. बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द हुँदै गोपाल  किरातीसम्म उहाँकै साथमा हुन्थे ।  

तर सधैँ आफ्नो अनुकूल मात्र अघि बढ्दै आउनु भएका दाहालसँग यतिबेला आफ्ना भनिएकाहरुले पनि साथ छाडेको चर्चा त छँदैछ । उता केपी ओली पार्टीको महाधिवेशनबाट विजयी भएको तथा अरुको अधीन र नियन्त्रणमा बस्न नचाहने स्वभाब त स्पष्ट नै छ । अर्थात् नेकपाभित्रको गुफामा दुईवटा बाघ बसेका छन् । त्यो नै आश्चर्यको विषय हो । 

जो कहिल्यै अरुको अधीनमा बस्ने स्वभावका नै छैनन् । उनीहरु एकले अर्कालाई नियन्त्रण गर्न खोजिरहेका छन् । राजनीतिमा स्थायी शत्रु वा स्थायी मित्र हुँदैन । अर्थात् बलियोलाई ढाल्न कमजोरहरु एक हुन्छन् । त्यसैले सरकार गठन भएदेखि नै दाहाल, नेपाल कहिलेकाँही बामदेव, नारायणकाजीहरु एकै कित्तामा पुग्छन् । 

सहकर्मीको नाडी राम्ररी छामेका ओलीले को माथि कुन समयमा कस्तो अस्त्र प्रयोग गर्नुपर्छ भन्ने बुझेका छन् । त्यसैले त लौ अबचाहिँ सक्कियो कि भन्ने अवस्थामा पटक पटक पासा पल्टिएको छ, जुन उनको नितान्त आफ्नै खुबी भनौँ या तिकडमले मात्र हो । कहिले त्यो पासा बामदेवका नाममा कहिले नारायणकाजीमा नाममा । 

पछिल्लो समयमा त ईश्वर पोखरेलको नामको पास पनि आश्चर्यजनक रुपमा पल्टियो । राजनीति गर्ने प्रत्येक नेताले अवसरका लागि समय पर्खेर बसेको हुन्छ । यस पटक पनि दाहालसँग दूरी बढेलगत्तै अर्का अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग पटक पटक छलफल गरी दाहाललाई नेपाल आफूतिर आउन सक्ने सन्देश प्रवाह गर्न खाजेका छन् । ताकी आफूलाई एक्लाउन पूर्व एमालेहरु एकै कित्तामा पुग्छन् भने शंका दाहाललाई छ । 

ओलीसँग मन दुखाएर खुमलटारमा नै बसिरहेका दाहाललाई पटक पटक प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाउँदा पनि गएका छैनन् । दाहालले आफू निकट नेताहरुसँग पटक पटक आफूले ओलीबाट धोका पाएको अनुभव राख्दै अब समूहमा मात्र छलफल गर्ने बताउन थाल्नुभएको छ ।  

चित्त दुखाएर बसेका दाहाललाई फकाउन ओलीले खासै मेहनत भने गर्नु भएको छैन ।  हत्तपत्त बालुवाटारको चौघेराबाट बाहिर निस्कन नरुचाउने ओली केही समयअघि उपाध्यक्ष वामदेव गौमतले साढे सातको दशा टारिदिएपछि धन्यवाद व्यक्त गर्न भैँसेपाटी गौतम निवासमा नै पुग्नुभएको थियो । तर खुमलटारसम्मको यात्रा गरी दाहालको दुखेको चित्तमा मल्हम लाउनु होला र ? 

भनिन्छ नि, उमेर नपुगी वा लहडमा परिपक्क नभई गरेको घरबार सम्हाल्न निकै कठिन हुन्छ । कि दुबैले सम्झौता गर्दै कमिकमजोरीको समीक्षा गर्दै व्यवहार सुधार्नुपर्छ कि केही समयको रहर मरेपछि आ–आफ्नो बाटो लिने निर्णय गर्नुपर्छ र गर्छन् । नत्र लोकलाजका लागि भित्र भित्र मन नमिले पनि बाहिर देखाउन सँगै रहेको अभिनय गर्छन् । कतै ओली दाहाल सम्बन्ध त्यही बाटोमा त होइन ? 

केही अघि एक नभई अर्काेलाई नहुने गरी लभ परेजस्तो त देखिएकै हो । के अब माथि भनिएको जोडीकै जस्तो कि व्यवहार सुधारौँ नत्र छोडपत्रतिर जाउँ भन्नुपर्ने दिन आएकै हो त माधव नेपालजी ? त्यसो हो भने साक्षी बसिदिने व्यक्तिको चाँजोपाँजो पनि यहाँले नै मिलाउनु पर्ने जस्तो देखिँदैछ है ।