८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

चाडपर्वको नाममा सडकमै व्यापार

चाडपर्वको नाममा सडकमै व्यापार
अ+ अ-

सर्लाही । स्थानीय प्रशासनले जिल्लाका सडकपेटीमा कुनै प्रकारको पसल नथाप्न नियम लागू गरे पनि सर्लाही सदरमुकामदेखि लिएर ग्रामीण बजारहरूमा पनि विभिन्न स्थानमा सडकपेटीमा ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम बढदै गएको छ ।  पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने लालबन्दी, हरिवन, वाग्मतीलगायत भित्री सडकखण्डका सडककै दुवैतर्फ फलफूल तरकारी र बच्चाका खेलौना राख्ने तथा सडकमै ठेला, रिक्सा, अटो लगाएपछि दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताए । चाडपर्वको समयमा मानिस तथा सवारीहरूको भीडभाड अनि आपराधिक गतिविधि हुनसक्ने आशङ्का रहे पनि यसरी सडकमै व्यापार व्यावसाय गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या हुनुका साथै दुर्घटना दिनप्रतिदिन बढिरहेको ट्राफिक प्रहरी प्रमुख दोङले बताए।

अहिले सडकमै सार्वजनिक बस, अटो रिक्सासहित ठेला, सडकपेटीमा पसल सञ्चालन गरेपछि आम सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिनाइ भएको छ । स्थानीय पसले एवं स्थानीयवासीले समेत सडकछेउमैै ठेला पसल, फुटपाथ पसल सञ्चालन गरेपछि पैदलयात्रा गर्नसमेत कठिनाइ भएको पैदलयात्री महेन्द्र महतोले बताए ।

लालबन्दी नगरपालिकाले समन्वय नगर्दा ट्राफिक प्रहरी तथा नेपाल प्रहरीलाई समेत सडकपेटीका पसलेहरू, रिक्सावालाले नटेरेको गुनासो ट्राफिक प्रहरीको छ । नगरपालिका प्रमुख मानबहादुर खड्काले व्यवस्थापनको काम भइरहेको तर अहिले चाडपर्वको समय भएकाले तत्कालै निर्णय गर्न नसकिएको बताए । उता जिल्लाभरिका सबै बजार र सडकको अवस्था त्यस्तै रहेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्बन्धित स्थानीय निकायसँग समन्वय गरी समस्या समाधान गरिने बताए ।