२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

नेपाल बहराइनसँग पराजित

नेपाल बहराइनसँग पराजित
अ अ+ अ-

काठमाडौँ । एफसी यु–२० एसियन कप छनोटअन्तर्गतको समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

चाइनिज ताइपेस्थित न्यु ताइपे सिटीमा आज भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ०–४ गोलअन्तरले पराजित भएको हो । यस हारसँगै अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यु–२० एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ ।

नेपालले चार खेलमा तीन अङ्क मात्र जोडेको छ । पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलअन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा उज्बेकिस्तानसँग नेपाल ६–० गोलअन्तरले पराजित भएको थियो ।

यस जितसगै बहराइनको अघिल्लो चरण प्रवेशको सम्भावनामा भने बाँकी नै छ । बहराइनले अब तालिकाको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानको सामना गर्नेछ । बहराइनले आज खेलको पहिलो हाफमा दुई गोल ग¥यो भने खेलको दास्रो हाफमा पनि दुई गोल थप्यो ।

समूह ‘बी’मा नेपालसहित उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया छन् । सन् २०२५ मा हुने एएफसी यु–२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता छ । जसलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समुहको विजेता र उत्कृष्ट पाँच उपविजेता यु–२० टोली एसियन कपमा छनोट हुनेछन् ।