२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् १० देखि ५६ वटा संसद बैठकमा गयल हुने १४ सांसद (सूचीसहित)



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा लगातार १० भन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरिएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले १४ सांसदको बिदाबारे जानकारी गराउनुभएको हो ।

प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गर्नुअघि सभामुख देवराज घिमिरले कम्तिमा १० देखि ५६ वटा बैठकमा सहभागि नहुने सांसदको नामावली नामावली प्रस्तुत गर्दै सभाबाट स्वीकृतका लागि पेश गर्नुभएको थियो ।

सभामुखले नाम, बैठकमा अनुपस्थित मिति, बैठक संख्या, अनुपस्थित हुनुको कारण सहित प्रस्तुत गरेपछि सभाले स्वीकृत गरेको थियो ।