६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् ।

पत्रकार महासंघको चुनावको मिति पटक–पटक सरेर अबको मितिमा पनि निर्वाचन नहुने सम्भावना भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि अन्य सदस्यहरुले भने विवाद हल भएपछि मात्रै नामावली सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

नामावली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय भएको निर्वाचन मितिमा पनि भुनाव हुन नसक्ने स्थिति बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलले राजीनामा दिएको बुझिएको छ ।

पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिसकेको छ ।