२ आश्विन २०८१, बुधबार
,
Latest
‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ? यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री…
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6

लिभरपुलसँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड आफ्नै घरेलु मैदान वल्ड्र ट्राफोर्डमा लिभरपुलसँग ३–० गोलले स्तब्ध बनेको हो ।

लिभरपुललाई जित दिलाउन लुइस डियाजले दुई तथा मोहम्मद सलाहले एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा डियाजले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै, ५६ औं मिनेटमा सलाहले गोल गर्दै अग्रता ३–० को बनाए । त्यसपछि थप गोल हुन सकेन ।

लिभरपुलको यो लगातार तेस्रो जित हो । ३ खेलबाट ९ अंकसहित टोली तालिकाको दोस्रो स्थानमा छ । युनाइटेड ३ अंकका साथ १४ औं स्थानमा छ ।