५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालाण्डको ‘ब्याक टु ब्याक’ ह्याट्रिकमा सिटीको सानदार जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा सिटीले वेस्टहाम युनाइटेडलाई उसकै घरेलु मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

सिटीको जितमा एर्लिङ हालाण्डले ह्याट्रिक गरे । एक गोल पनि सिटीले आत्मघाती गरेको थियो । १९ औं मिनेटमा सिटीका रुवेन डियाजले आत्मघाती गोल गरेका हुन् ।

हालाण्डले १०, ३० र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यो लगातार दोस्रो ह्याट्रिक हो । यसअघि इप्सविच टाउनसँगको खेलमा पनि उनले ह्याट्रिक गरेका थिए ।

जितसँगै सिटीले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । वेस्टहाम भने ३ अंकका साथ १४ औं स्थानमा छ ।