२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नेपाल प्रिमियर लिग खेल्ने आठ फ्रेन्चाइज टोली



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागी हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।

क्यानले शनिबार मंसिर १५ देखि पुस ६ सम्म काठमाडौँमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको नामावली सार्वजनिक गरेको हो ।

एनपीएलमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।

क्यानले केही दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोलीको नाम र संख्याको टुंगो लगाएको थिएन ।