८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

ओली सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्नेछ: मुख्य सचेतक बर्तौला

ओली सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्नेछ: मुख्य सचेतक बर्तौला
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले ओली सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्ने बताउनुभएको छ ।

आज काठमाडौँको कलंकीमा भएको थाहा–काठमाडौं सम्पर्क मञ्चको दोस्रो भेलामा बोल्दै उहाँले ओली सरकार आफ्नो पुर्ण सामर्थ्यका साथ जनताको हितमा काम गर्ने बताउनु भएको हो । यस्तै, उहाँले अहिलेको समीकरणको सरकारले नै गणतन्त्रलाई केन्द्रमा राखेर संविधान संशोधन गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै बर्तौलाले भन्नुभयो – २०७४ सालको आम निर्वाचन पछि चालू खर्च बढेर आयो । यो कसरी घटाउने भनेर सोँच्ने बेला आयो । वडा सदस्य देखि संघीय सांसद सम्मको जनप्रतिनिधिहरु सडक, बाटो पुल भनेर हिँडेको छ । कानुन कसले बनाउने ? विकास कसले गर्ने ? सेवा प्रवाह कसले गर्ने ? भन्ने अन्योल रहेको छ । स्थानीय सरकारलाई दैलोदैलोमा सेवा प्रवाहमा लगाउनुपर्छ । प्रदेश सरकारलाई विकासको कामको जिम्मा दिनुपर्छ तर मन्त्रीमण्डल भने कम गराउनुपर्छ र संघीय जनप्रतिनिधिहरुलाई पुर्ण रुपमा कानून निर्माणमा लगाउनुपर्छ ।यो बहसको बिषय हो, निर्णय भने होइन ।’

एमाले केन्द्रीय सदस्य समेत रहनुभएका बर्तौलाले भन्नुभयो ‘एमालेबाट उम्मेदवार भएर निर्वाचित भएका जनप्रतिनिधिहरुले सुतेर बिताएका छैनन् ।’

उहाँले थानकोट–चित्लाङ सडकलाई सम्झँदै भन्नुभयो – निर्वाचनमा घर दैलो गर्दा थाहाको जनताक्क एउटै माग थियो थानकोट–चित्लाङ सडक । मैले निर्वाचित भए यता थप सुदृढिकरण भइसकेको छ । गएको आर्थिक वर्षमा ८ करोडको बहुवर्षिय ठेक्का लगाएका छौं । अहिले पनि ४ करोड ३६ लाख बजेट छुट्टिएको छ । म यसलाई पनि बहुबर्षिय ठेक्का लगाउन पहल गर्छु र मेरो कार्यकालमा यो सडकको कालोपत्रे पुर्ण रुपमै टुंगाएर छोड्छु ।’