२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सँग “डरो ना”, दरो बनो



अ+ अ-

कोरोनाको नयाँ प्रजाती आयो रे । अब लगाउने खोपले यस प्रजातीबाट बचाउँछ कि बचाउँदैन अनेक छलफल हुँदैछ ।
कोरोनाले आकाश, धर्ती, समुद्रका अनेक रहस्य पत्ता लगाएको मानव मस्तिष्कलाई आच्छु–आच्छु पारिरहेको छ । 
यस्तो ‘खराब’ अवस्थामा कतिपय विज्ञ भन्छन्, ‘यदि हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति छ भने यो जीवाणुसँग हाम्रो शरीर लड्न सक्छ ।’
कोरोना को नयाँ प्रजाती आयो रे । अब लगाउने खोप्ले यस प्रजातीबाट बचाउँछ कि बचाउँदैन अनके छलफल हुँदैछ
औषधी र खोप बारे छलफल हुदाँ रोगसँग लड्ने क्षमता विकास गर्ने भनी किन कुराकानी नभएको ?
अनेक जिबाणुको लागि अनेक खोप बनाउने सम्भव छ र ?
त्यसकारण जनस्वास्थ्यको जनिफ्कारहरु पनि खोप सँग-सँगै जीवन शैली सुधार्ने सलाह मृत्यु नै रहेका छन् ।
हातमार्फत भाइरस सर्न सक्ने भएकाले पूर्वीय संस्कृति अनुसार हात मिलाउनुको सट्टा नमस्ते गर्ने चलन फेरि सुरु भएको छ । विभिन्न देशका नेताले एकअर्कोलाई भेट्दा हात नमिलाउनु, चुम्बन नगर्नु भनेका छन् ।
हेर्दा रमाइलो लाग्ने यी दृश्यले हाम्रो ‘नमस्ते’ संस्कृति विभिन्न रोगबाट बच्न बनाएको रहेछ भन्ने तथ्य उजागर गरेको छ । त्यसैगरी रोगसँग लड्नका लागि हाम्रा केही परम्परागत खानाले मद्दत गर्छ । तथ्यांकले कोरोना भाइरसको संक्रमितबाट पहिले नै विभिन्न किसिमका रोग लागिसकेका वृद्धहरू धेरै छन् भन्ने देखाउँछ । तथ्यांकमा संक्रमितमध्ये थोरै प्रतिशतको मात्र मृत्यु हुने देखिएको छ ।
केही वैज्ञानिक भन्छन्, ‘कोरोना भाइरसको कारणले असाध्यै आत्तिनुपर्ने स्थिति छैन ।’ रोगसँग लड्ने आन्तरिक शक्ति बलियो छ भने रुघाखोकी कम लाग्छ भन्ने सबैलाई थाहा छ । यही कुरा कोरोना भाइरसको सन्दर्भमा पनि लागू हुन्छ । रुघाखोकी लाग्ने वित्तिकै मृत्यु हुँदैन । तर रुघाखोकी जटिल भयो भने मृत्यु हुने सम्भावना बढ्छ । पर्याप्त निद्रा, पौष्टिक भोजन, शारीरिक सक्रियताले रोगसँग लड्ने शक्ति बढाउँछ । त्यसैले यिनै कुरामा बढी ध्यान दिनुपर्छ । मैले विहान कागतीको चियामा मरिच र अदुवाको धुलो मिसाएर बेसार पनि थप्न थालेको छु ।  चिनीको मात्रा कम गरेको छु ।
खानपिनमा ख्याल नगर्दा रोगसँग लड्ने शक्ति कम हुन्छ । कोरोना भाइरसको संक्रमणको जोखिम रोगसँग लड्ने शक्ति कम हुनेलाई बेसी हुन्छ । रोगसँग लड्नका लागि भिटामिन ‘सी’ले मद्दत गर्छ । 
हरेक घरमा कागती, आलस, गोलभेँडा आदिको प्रयोग गर्दा पर्याप्त मात्रामा भिटामिन ‘सी’ प्राप्त हुन्छ । त्यसैगरी बजारमा सहजै पाइने अम्बा, अमला लगायतका फलफूलले पनि शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ । पुदिना, बाबरी, तुलसी, हरियो धनियाँ पनि स्वाद र स्वास्थ्य दिने साधन हुन् ।
गेलभेँडा र टिमुरको अचारसँगको भात, रोटी र ढिँंडोले खाना पचाउँन र पेट सफा राख्न मद्दत गर्छ । पाचनतन्त्र स्वस्थ्य भए शरीरका अन्य अंग पनि स्वस्थ हुन्छ र रोगसँग लड्ने शक्ति बढ्छ ।
बालबालिकालाई गुलियो र ‘चिसो’ पेय पदार्थ दिएर खुसी पार्ने बुबाआमाले यस्तो ‘मायालु तरिका’ नअपनाएकै वेश ।