२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट आएकाले अब १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने



अ+ अ-

काठमाडौं । सरकारले बेलायतबाट हालै नेपाल आएकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारि गर्दै अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको हो । 

मन्त्रालयले पुस १ देखि ७ गतेसम्म बेलायतबाट वा बेलायतको बाटो भएर नेपाल आएका सबैलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र सरकारी स्वास्थ्य प्रयोगशालामा गरी आरटी पीसीआर टेष्ट गर्न आग्रह गरेको छ । यसरी गरिने टेष्टको कुनै शुल्क लाग्दैन ।