४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन गरेर प्रधानमन्त्री ओली भारततिर



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली आगामी साता भारत जाने भएका छन् । सम्भवत उनको भारत भ्रमण यही पुसको २० गते हुनसक्ने छ । यता देशको संसद हवात् विघटन गरेको भनी व्यापक आलोचना भएपछि उनी भारत भ्रमणमा जान लागेका हुन् । 

देशभित्र उनकै पार्टी नेकपा पनि चोइटिएर प्राय सबैजसो वरिष्ठ नेताहरु अर्को पक्षतिर लागेका छन् र भने पार्टीले उनलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई पार्टीको अध्यक्ष चयन गरिएको छ । 
त्यसैगरी उनको संसद विघटनको कदमका विरुद्धमा सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन् । ती रिटमा आज शुक्रबारदेखि सुनुवाई हुन लागेको छ । 

त्यतिमात्र नभएर उनको सो कदमका विरुद्धमा सबैजसो विपक्षी दलहरु आन्दोलनमा उत्रिएका छन् । यही पुुस १३ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र त्यसको भोलिपल्ट उनकै दल नेकपाले नै उनका विरुद्धमा आन्दोलन गर्न लागेको छ । 

यस्तो बेलामा प्रधानमन्त्री ओली भने भारत भ्रमणका लागि जान लागेका हुन् । उनको यो भ्रमण लगभग तय भएको परराष्ट्र स्रोतले जनाएको छ । त्यस अगावै भ्रमणको तयारीस्वरुप परराष्ट मन्त्री प्रदीप ज्ञवाली भारत जाने छन् । सो कार्यक्रम लगभग तय भएको सो मन्त्रालयले जनाएको छ । 

यसअघि गत महिनामात्र भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा अएका थिए । सोही भ्रमणपछि नै नेपाल भारत उच्चस्तरीय भ्रमणको बाटो खुलेको हो । 
परराष्ट्र मन्त्रालय स्रोतले भने सो भ्रमण विकसित राजनीतिक घटनाक्रम अघि अर्थात् प्रधानमन्त्रीले संसद विघटन गर्नु अघि नै तय भएको हो । 

तर राजनीतिक स्रोतका अनुसार भने नेपालमा विकसित राजनीतिक घटनाक्रमपछि प्रधानमन्त्रीले दक्षिणी छिमेकी मुलुक भारतलाई विश्वासमा लिनका लागि यो भ्रमण गर्न लाग्नुभएको बताएको छ । 

नेपालको वर्तमान सरकार कामचलाउ प्रकृतिको भएको सूचना हिजो नै राष्ट्रपति कार्यालयले दिएको छ । त्यसैले यस्तो हैसियतको सरकारका प्रमुखका तर्फबाट हुने विदेश भ्रमणमा त्यस्तै कुनै दुरगामी महत्वका विषयमा सहमति या सम्झौता नहुने स्रोतले जनाएको छ । 

तर पनि केही अघिसम्म दक्षिणी छिमेकीसँग प्रधानमन्त्री ओलीको सम्बन्ध त्यति राम्रो नरहेको चर्चा गरिएकोमा अहिले देशमा विकास भएको अकस्मातको अकल्पनीय राजनीतिक परिवेशपछिको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।