१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतप्रति कांग्रेसको भरोसा छ, न्याय पाइएन भने जनताका बीचमा जान्छु : नेता थापा



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भंग गरेको प्रतिनिधि सभा पुनर्स्थापनामा अदालतमाथि विश्वास रहेको बताएका छन् । नेपालगञ्जमा आज कांग्रेसले गरेको विरोध प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै थापाले न्यायमुर्तिप्रति भरोसा भए पनि कांग्रेस टुलुटुलु हेरेर बस्न नसक्ने समेत बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेको र उक्त मुद्दा सर्वोच्चमा रहेको उल्लेख गर्दै थापाले संविधान हेरेर अदालतबाट न्याय मिल्ने विश्वास पनि गरेका छन्। थपाले कांग्रेस सानदार ढंगले जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर प्रधानमन्त्री ओलीले चुनाव घोषणा नगरेको पनि बताए। 

‘केपी ओलीले सानदार ढंगले कांग्रेस जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर चुनाव घोषणा गरेका होइनन्,’ थापाले भने, ‘कुनै अलमल नगरी जनताका बीचमा तपाईंहरू जानुहोस्।’

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि ठूलो प्रहार गरेको थापाको भनाइ छ। उनले अदालतमाथि भरोसा रहेको पनि बताए।

‘अदालतप्रति कांग्रेसको भरोसा छ। अदालतको स्वतन्त्रताका लागि हामी लडेको हो,’ उनले भने, ‘अदालतले न्याय दिन सक्नुपर्छ अनि अदालत हुनुको अर्थ रहन्छ। अदालतले न्याय दियोस् श्रीमान्।’

उनले अदालतबाट न्याय पाइएन भने जनताका बीचमा जाने पनि बताएका छन्।