४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल



अ+ अ-

काठमाडौँ । दुबईमा एक सांगीतिक कार्यक्रममा जान लागेका चर्चित गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ ।

अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि एयरलाइन्सले उनलाई विमानस्थल सुरक्षा प्रहरी, कार्यालयलाई जिम्मा लगाइदिएको थियो ।

फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका उनलाई विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिए ।

यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए ।