२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की

एउटै पालिकामा १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जमिन अतिक्रमण

एउटै पालिकामा १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जमिन अतिक्रमण
अ अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण गरेको पाइएको छ । गाउँपालिकाले गठन गरेको अनुगमन समितिले मालढुंगा–बेनी सडकखण्ड र कालीगण्डकी किनारलगायतका क्षेत्रमा बहुमूल्य सार्वजनिक जमिन अतिक्रमण गरी व्यक्तिले प्रयोग गर्दै आएको पाइएको हो । गाउँपालिकाले समिति बनाएर हालै सार्वजनिक जग्गा खोजी गरेको थियो । समितिले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको छ । मालढुंगा–बेनी सडकखण्ड वरिपरिका बजार क्षेत्रमा बढी मात्रामा जग्गा कब्जा गरेको पाइएको गाउँपालिकाका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकामा सार्वजनिक जग्गा कब्जा गरिएको सर्वसाधारणले लामो समयदेखि गुनासो गर्दै आएका थिए । ‘सार्वजनिक जमिन अतिक्रमण गरेको लगत तयार गरेका छौं’, सामाजिक विकास अधिकृत सुवेदीले भन्नुभयो– ‘अतिक्रमित जमिन फिर्ता गर्नका लागि गाउँपालिकालाई सिफारिस गरेका छौं।’ जलजला गाउँपालिका–२, ३, ४, ७ र ८ मा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुसी भोगलचन गर्दै आएका छन् । सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुंगा–बेनी सडकछेउ तथा कालीगण्डकी किनारमा मात्रै ठूलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।

‘कतिपय जग्गामा आरसीसी भवनसमेत बनाइएको छ’, उहाँले भन्नुभयो– ‘कसरी हुन्छ त्यसलाई फिर्ता ल्याउने छौं।’ धेरैजसो जग्गा राजमार्गसँग जोडिएको, कालीगण्डकी नदी किनारमा रहेको र त्यहाँ व्यक्तिले कब्जा गरेको पाइएको उहाँले जानकारी दिनुभयो । मालढुंगा–बेनी सडकछेउ, मिलनचोक, वारिबेनीलगायत स्थानका सार्वजनिक जग्गामा व्यक्तिले भवन बनाएका छन् । यस्ता जग्गा केन्द्र सरकारसँगको समन्वयमा फिर्ता ल्याउने र भाडामा लगाउने, सार्वजनिक आम्दानी लिने गरी उपयोग गर्ने र विपन्नलाई आयआर्जनका लागि उपलब्ध गराउने गाउँपालिकाले जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार पहिलो चरणमा भेटिएको जग्गा व्यवस्थापनपछि दोस्रो चरणमा अरु वडाको जग्गा पनि खोजी गरिनेछ ।

‘यो क्षेत्रको जग्गा बढी मूल्यवान् भएकाले पहिलो चरणमा खोजेका हौं’, उहाँले भन्नुभयोे– ‘यसको व्यवस्थापनपछि अरु वडातिर लाग्छौं ।’धेरैजसो सार्वजनिक जग्गा बेवारिसे अवस्थामा भएकाले त्यसको खोजी गरी छिट्टै व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

गाउँपालिकाले आन्तरिक आम्दानी बढाउन सार्वजनिक जग्गामा नगदे बाली लगाउने, उद्योगधन्दा खोल्नेलगायत काममा समेत उपयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कर्मचारी व्यवस्थापन गरिसकेको छ । सार्वजनिक जग्गा भाडामा लिएर खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँसभाको निर्णयअनुसार गाउँपालिकाले बनौं, शालिजा र लेखफाँटमा आलु खेती, माझफाँटमा धान, कोदो र गहुँ उत्पादन, बाँसखर्कमा सुन्तला र अन्य क्षेत्रमा मौसमअनुसार बाली लगाउने योजना बनाएको छ । नेपाल समाचारपत्र दैनिक