२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की

कांग्रेस अझै अन्योलमैः निर्वाचन कि पुनःस्थापना ?

कांग्रेस अझै अन्योलमैः निर्वाचन कि पुनःस्थापना ?
अ अ+ अ-

काठमाडौँ । कांग्रेसमा प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक’ कदमलाई हेर्ने दृष्टिकोणमा मतान्तर नदेखिए पनि नेताहरूको मनस्थिति भने विभाजित बनेको छ । जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रपछि शनिबार भएको पालिकास्तरको विरोध प्रदर्शनमा पनि नेताहरूको अभिव्यक्ति निर्वाचन कि पुनःस्थापना भन्नेमा बाझिएको छ । सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरूको मनस्थिति निर्वाचनमुखी देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित संस्थापन इतरपक्षीय अधिकांश नेताले संसद् पुनःस्थापनाको एजेन्डालाई सशक्त बनाउँदै लगेका छन् ।

उनीहरूले अदालतप्रतिको आस्था र मर्यादालाई कायम राख्न न्यायाधीशहरूलाई विवेकपूर्ण निर्णयका लागि ध्यानाकर्षण गराएका छन् । विरोध सभामा नेताहरूले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयलाई आ–आफ्नो लाइनअनुसार व्याख्या गर्न थालेका छन् । वरिष्ठ नेता पौडेलसहित उनीपक्षीय नेताहरूले प्रतिनिधिसभा विघटनको कदमलाई पार्टीले असंवैधानिक भनिसकेपछि त्यसलाई सच्याउने मार्ग पुनःस्थापना नै हो भनेर व्याख्या गरेका छन् । पौडेलले शनिबार पनि पार्टीको निर्णय प्रतिनिधिसभा पुनःस्थापनाकै दिशामा रहेको बताए । सभापति देउवा र उनीपक्षीय नेताहरूले भने कार्यक्रमको स्वरूपलाई चुनावी तयारीसँग जोडेका छन् ।

देउवाले सार्वजनिक कार्यक्रमबाटै निर्वाचनका पक्षमा अभिव्यक्ति दिइरहेका छन् । पार्टीभित्र निर्वाचनका पक्षमा माहोल बनाउन उनले संस्थापनइतरमा रहेका कांग्रेस महामन्त्री शशांक कोइरालामार्फत पहल गरिरहेका छन् । कोइरालाले भने शनिबारको कार्यक्रममा पनि प्रतिनिधिसभा पुनःस्थापनाकै एजेन्डा पार्टीले लिने बताएका छन् । नवलपरासीको देवचुली नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले संविधान च्यातेर प्रतिनिधिसभा विघटन गरिएकाले संविधानको रक्षाका लागि पनि पुनःस्थापना हुनुपर्ने बताए । सभापति देउवाले शुक्रबार उनलाई निवासमै बोलाएर निर्वाचनको पक्षमा माहोल बनाउन आग्रह गरेका थिए ।

स्थानीय तहमा आयोजित विरोध सभामा संस्थापनइतरपक्षीय नेताहरूले पार्टी सभापतिको भूमिकाको कडा आलोचना गरे । पुनःस्थापनाको एजेन्डा उठाउँदा अदालतको मानहानि हुने, निर्वाचनको पक्षमा बोल्दा मानहानि नहुने सभापतिको भनाइमै इमानदारी नभएको उनीहरूले बताएका छन् । उनीहरूले अदालतलाई बहाना बनाएर आन्दोलन कमजोर नबनाउन नेतृत्वलाई सुझाए । पार्टीको भरतपुर महानगरपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा देउवाप्रति लक्षित गर्दै पौडेलले पार्टीलाई दोधारमा नराख्न आग्रह गरे । उनले नेतृत्वलाई केबल चुनाव–चुनाव नभन्न आग्रह गरे ।

‘किन हतारिएर भन्ने हो चुनाव–चुनाव, किन भन्ने हो अदालत ? केपी ओलीले अदालतलाई धम्क्याउने, हामी केही बोल्न हुन्न भनेर बस्ने ? यो कसरी मिल्यो ? त्यस्तो दोधार चरित्र कांग्रेसमा हुन सक्दैन,’ उनले भने, ‘कांग्रेस संविधान र सिद्धान्त जोगाउन लाग्ने कि चुनाव–चुनाव भन्ने ? प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगामी, संविधानविरोधी, अलोकतान्त्रिक भनेर पार्टीले निर्णय गर्ने, अनि चुनावमा जान्छु भन्न मिल्छ ? मोही माग्ने ढुंग्रो लुकाउने काम गर्न हुन्न । संविधान र लोकतन्त्र जोगाउन संसद् पुनःस्थापना नभई अर्को विकल्प छैन ।’ संविधानको अक्षर र भावना पढेर न्यायाधीशहरूलाई फैसला गर्न पनि पौडेलले आग्रह गरे । ‘आज अदालतमाथि विश्वास डगमगाएको छ । यो स्थिति कसरी पुग्यो ? राष्ट्रको आत्मसम्मान कसरी गुम्यो ?’ उनले भने, ‘आत्मसम्मान उठाउन संविधानमाथिको अपहरणलाई सच्याउनैपर्छ । सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरूलाई संविधानका अक्षर र भावना पढेर राष्ट्र र नेपाली जनतालाई न्याय दिन अपिल गर्छु ।’

सहमहामन्त्री प्रकाशरण महतले कांग्रेस जनतामा जान तयार रहेको बताएका छन् । पार्टीको ललितपुर महानगर, कागेश्वरी मनहरा नगर र टोखा नगर कमिटीद्वारा आयोजित कार्यक्रममा महतले कांग्रेस चुनावबाट भाग्न नसक्ने बताएका हुन् । प्रतिनिधिसभा पुनःस्थापना भए डेढ वर्षपछि र नभए आगामी वैशाखमै निर्वाचन हुने जनाउँदै महतले निर्वाचनको तयारीमा पार्टी होमिनुपर्ने बताएका हुन् । ‘हामी जनताको अनुमोदन लिएर मात्रै सत्तामा जाने हो, जनता नै सर्वोपरी हो, जनतामा जान तयार छौं,’ उनले भने । उनले अदालतले प्रधानमन्त्री ओलीको कदमलाई सदर गरे पार्टीको सम्पूर्ण ध्यान वैशाखमा निर्वाचन गराउनेतर्फ केन्द्रित हुने बताए । ‘वैशाखमा निर्वाचन नगरेर आलटाल गर्‍यो भने देशभर आन्दोलनको आँधीबेहरी आउँछ, त्यतिबेला ओली नेतृत्वको सरकार रहँदैन,’ उनले भने ।

निर्वाचनको पक्षमा बोल्न छुट भए पनि पुनःस्थापनाको पक्षमा बोल्दा अदालतको मानहानि हुने सभापति देउवा र उनीपक्षीय नेताहरूको तर्कलाई कांग्रेस नेता शेखर कोइरालाले आन्दोलन कमजोर बनाउने भूमिकासँग जोडेर हेरेका छन् । मानवअधिकार तथा शान्ति समाज मोरङको साधरण सभामा उनले सभापतिको ढुलमुले चरित्रका कारण सशक्त आन्दोलन उठ्न नसकेको पनि बताए । ‘विपक्षी भएर जसरी अघि बढ्नुपर्ने थियो, सभापतिको भूमिकाले हुन सकेन,’ उनले भने, ‘अदालतको बहाना बनाउँदै आन्दोलनलाई कमजोर बनाउन खोजिएको छ ।’ उनले विरोध प्रदर्शनमा अदालतले लिकबाहिर फालिएको संविधानलाई जोगाउन आग्रह गरे । ‘सभापतिजीले अदालतमा परेको मुद्दालाई दबाब दिन हुन्न भन्नुभएको छ तर असंवैधानिक कदमलाई सच्याउनुपर्छ भन्दा न्यायपालिकालाई दबाब दिएको हुँदैन, भन्न पाइन्छ,’ कोइरालाले भने ।

अर्का नेता प्रकाशमान सिंहले राजधानीमा आयोजित सभामा बोल्दै मै संविधान हुँ भन्ने भावना ओलीमा देखिएको बताए । संविधान र प्रणालीको रक्षाका लागि कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा अघि सारेको उनले बताए ।

राजधानीमै आयोजित सभामा नेता गगन थापाले अदालतलाई विवेक पुर्‍याउन आग्रह गरे । ‘अदालतले विवेक पुर्‍याउँछ, संसद् पुनःस्थापना पनि हुन्छ,’ उनले भने, ‘त्यसपछि प्रधानमन्त्री र राष्ट्रपतिलाई घर फर्काइन्छ ।’ एउटा व्यक्तिको सनकले मुलुकमा आगो लगाएका बेला कांग्रेसले विवेक नपुर्‍याए मुलुक अन्धकारको सुरुङभित्र फस्ने बताए । उनले भने, ‘हाम्रो र अदालतको बलले संसद् पुनःस्थापना हुन्छ । त्यसपछि सबै चाँजोपाँजो मिल्छ, अहिले खुद्रामसिना कुरामा नलागौं ।’ मध्यपुर थिमिमा आयोजित सभामा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई दबाबको भाषा नबोल्न आग्रह गरे । कान्तिपुर दैनिक