२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म स्वदेशमै पढ्छुु’ विद्यार्थी महोत्सव जारी



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु विद्यार्थीमहोत्सव–२०८१’ आज पनि जारी छ ।

युवा विद्यार्थीलाई नेपालको शिक्षाबारे जानकारी गराउन र आफ्नै देशमा उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । मङ्गलबारदेखि सुरु भएको महोत्सवमा विद्यार्थीको उल्लेखनीय सहभागिता छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले महोत्सवमा विद्यार्थीले देशको शिक्षा प्रणाली र यहाँका कलेजका बारेमा जानकारी लिएको बताउनुभयो ।

महोत्सवको आज दोस्रो दिन ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व’ भन्ने बिषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराई, नेपाली कांग्रेसका नेता प्रदीप पौडेल र विद्यार्थी नेत्री मानुसी यमी भट्टराईबीच छलफल हुनेछ ।

महोत्सवमा आएका विद्यार्थीलाई दुनाटपरी र गुन्द्री बुन्न सिकाइने छ । भोलिसम्म सञ्चालन हुने महोत्सवमा एक सय ५० भन्दा बढी प्रदर्शनकक्ष राखिएका छन् ।