२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत

राष्ट्रिय वाणिज्य बैंकले यसरी मनायो आफ्नो ५६ औँ वार्षिकोत्सव (फोटो फिचर)

राष्ट्रिय वाणिज्य बैंकले यसरी मनायो आफ्नो ५६ औँ वार्षिकोत्सव (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५६ औँ वार्षिकोत्सव मनाइरहेको छ । सोमबार सिंहदरबारप्लाजा, काठमाडौँमा रक्तदान कार्यक्रमको आयोजना साथ ५६ औँ वार्षिकोत्सव मनाइरहेको हो । पछिल्लो समय बैंकहरुको प्रतिस्पर्धा चलेको छ । कसले छिटो छरितो सेवा प्रवाह गर्ने तथा कसले के–कस्ता नयाँ नयाँ कार्यक्रमहरु ल्याउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ । डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले आफु डिजिटल माध्यमबाट नयाँ सेवामा गइरहेको बताएको छ । खासगरी कोभिड १९ को संक्रमणपछि लेस क्यास ट्रान्जेक्शन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडी बढाउने र यसलाई निरन्तरता दिने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउनुभयो । जस्तोसुकै विषम परिस्थितिमा पनि बैंकिङ कारोबारलाई सुचारु राख्ने तथा वैकल्पिक माध्यम अपनाएर भएपनि बैंकका गतिविधि अगाडी बढाउने उहाँको भनाई छ ।

ग्राहकलाई नयाँ सेवा सहजतरीकाले कसरी दिने भन्नेमा राष्ट्रिय वाणिज्य बैंक गम्भिर रहेको उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले बताउनुभयो । कम ब्याजमा कर्जा दिने तथा निपेक्षकर्तालाई बढी ब्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उहाँको भनाई छ । देश विदेशमा रहेका नेपालीहरुमाझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा रहेको उहाँले बताउनुभयो ।

गाउँ गाउँमा वित्तिय पहुँच पुर्याउन राष्ट्रिय वाणिज्य बैंक डिजिटल प्रणालीमार्फत् क्यासलेस ट्रान्जेक्शनलाई बढी प्राथमिकता दिएर अघि बढेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत बताउनुहुन्छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्रमशः डिजिटल माध्यममा प्रवेश गरिरहेको छ । बजारमा प्रतिस्पर्धामा उत्रिन डिजिटल माध्यमबाट नयाँ नयाँ सेवा सुविधा दिनुपर्नेमा आफ्नो ध्यान गएको राष्ट्रिय वाणिज्य बैंकले बताएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५६ औँ वार्षिकोत्सव आगामी १० गते औपचारीक कार्यक्रम गर्दैछ ।