२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

बुधबार शेयर बजारमा सामान्य करेक्सन, १५.८७ अंकले बढ्यो नेप्से

बुधबार शेयर बजारमा सामान्य करेक्सन, १५.८७ अंकले बढ्यो नेप्से
अ अ+ अ-

काठमाडौं । बधबार शेयर बजार सामान्य करेक्सन भएको छ । यस दिन नेप्से परिसूचक १५.८७ अंक बढेर २ हजार ३४२ दशमलव ७६ विन्दुमा पुगेको हो । 

बुधबार कारोबार रकम भने घटेको छ । यस दिन रू. ६ अर्ब २१ करोड ९ लाख ६६ हजार बराबरको १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता शेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव १८ अंक बढेर ४४३ विन्दुमा पुगेको छ । 

बुधबारको कारोबारमा २११ वटा कम्पनीको ५३ हजार ३३४ पटकको व्यापारमा भएको छ । यो दिनको कारोबारमा १२ ओटा समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने ७ समूहको परिसूचक बढेको छ । बुधबारको बजारमा होटल समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् भने जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव १२ प्रतिशत घटेको छ भने जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ६७ प्रतिशत बढेको छ । यस दिन वित्त समूहको ४ दशमलव २६ प्रतिशत, जलविद्युतको ३ दशमलव शून्य ५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ७३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७६ प्रतिशत, म्यचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको हो ।

बुधबार १५ वटा कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन बेष्ट फाइनान्सको ९ दशमलव ९४ प्रतिशत, कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रतिशत, ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ८८ प्रतिशत, सप्तकोशी डेभलमेण्ट बैंकको ९ दशमलव ८८ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ८७ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ७६ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७५ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ७५ प्रतिशत, कर्णाली डेभलपमेण्ट बैंक ९ दशमलव ७४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

यसैगरी श्री इन्भेष्टमेण्ट फाइनान्सको ९ दशमलव ७२ प्रतिशत, रिलायन्स फाइनान्सको ९ दशमलव ६० प्रतिशत, सेञ्ट्रल फाइनान्सको ९ दशमलव ५५ प्रतिशत, सिन्धु विकास बैंक ९ दशमलव ४७ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव शून्य ९ प्रतिशत र महिला सहयात्रा माइक्रोफाइनान्सको ९ दशमलव शून्य ५ प्रतिशतले शेयरमूल्य बढेको छ ।  

यस दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । बुधबार नेपाल लाइफको रू. ६१ करोड ४० लाख ८९ हजार बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य पनि ७ दशमलव २९ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १९६ ले बढेर नेपाल लाइफ इन्स्योरेन्सको अन्तिम शेयरमूल्य रू. २ हजार ८८५ पुगेको छ ।

यो दिन बैंकिङकको परिसूचक शून्य दशमलव १४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३ प्रीतशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ५ प्रतिशत र अन्य समूहको शून्य दशमलव ६४ प्रतिशत घटेको छ । यस दिन विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ३ दशमलव ९५ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिशेयर रू. १२९ ले घटेर अन्तिम मूल्य रू. ३ हजार १३६ कायम भएको छ ।