२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने

अठार अर्ब राजस्व सङ्कलन

अठार अर्ब राजस्व सङ्कलन
अ अ+ अ-

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७८ दशमलव १७ प्रतिशत प्रगति गरेको जनाएको छ । गएको वर्षमा सो अवधिमा रु २६ अर्ब पाँच लाख ८५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु १५ अर्ब ८५ करोड ६१ लाख १५ राजश्व सङ्कलन गरेको थियो ।

सो अवधिमा कार्यालयले लक्ष्यमा रु नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार राजश्व कम सङ्कलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो । चालु आवमा गएको वर्षमा सो अवधिमा सङ्कलित राजश्वभन्दा रु दुई अर्ब १७ करोड ६५ लाख छ हजारले बढी राजश्व सङ्कलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिनुभयो । उहाँले गएको वर्षभन्दा यस वर्ष सो अवधिमा विभागले विभिन्न शीर्षकमा कूल रु दुई अर्ब ६० करोड पाँच लाख ८५ हजार कम गरेर साउनदेखि पुससम्मको रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार लक्ष्य दिएको जानकारी दिनुभयो ।

कोरोनाको महामारीका कारण आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजश्व पनि प्रभावित भएकाले लक्ष्यअनुसार राजश्व सङ्कलन नभएको भन्सार प्रमुख शिवकुमार भण्डारीले जानकारी दिनुभयो । उहाँले विगतमा सो अवधिमा राजश्व सङ्कलन गर्ने लक्ष्यको चालु आवमा लक्ष्य घटाए पनि प्रगति हासिल गर्न नसक्नुको प्रमुख कारण कोरोनाको महामारीले व्यपार व्यवसायमा आएको प्रभाव नै हो भन्नुभयो ।

कार्यालयले चालु आवको साउनमा रु दुई अर्ब २४ करोड ५६ लाख १४ हजार, भदौमा दुई अर्ब ५६ करोड ९६ लाख ९८ हजार, असोजमा रु तीन अर्ब ३४ करोड चार लाख ४१ हजार, कात्तिकमा रु तीन अर्ब चार करोड ४२ हजार, मङ्सिरमा रु तीन अर्ब १३ करोड ४० लाख ४२ हजार र पुसमा रु तीन अर्ब ७० करोड २७ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनमा १०२ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरे पनि त्यसपछिका महिनामा क्रमशः ७९ दशमलव ५२, ७२ दशमलव ७०, ८३ दशमलव नौ, ६५ दशमलव ८३ र पुसमा ७९ दशमलव ८६ प्रतिशत प्रगति गरेको जनाएको छ ।