२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीमाथि लागेका आरोपको स्पष्टिकरण दिने कुरामा काँग्रेसले रोक्न मिल्दैन: एमाले



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा काँग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ ।

एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टिकरण संसदबाट दिनका लागि काँग्रेस सहमत हुनुपर्ने बताउनुभएको हो । काँग्रेसले मंगलवार उहाँमाथि लागेको आरोप छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो । एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसदबाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि काँग्रेस तयार हुनुपर्ने बताउनु भयो । उहाँले अरुको कुरा नसुन्ने भन्ने कुरा लोकतान्त्रिक दल भनिएको काँग्रेसलाई नसुहाउने जिकिर पनि गर्नुभयो ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘भोलि त फेरि पनि बैठक छ । भोलीको बैठक पनि यहीँ अवस्था हुने खतरा छ । प्रमुख प्रतिपक्षलाई हाम्रो आग्रह के हो भने गृहमन्त्रीले यत्रो देशमा डढेलो लागि रहेको छ । विभिन्न खालको शान्ति सुरक्षाको कुरा छ । कतिपय जिल्लाहरुमा कफ्र्यूको अवस्था छ । त्यो बारेमा बताउन खोज्दाखेरी कम्तिमा पनि गृहमन्त्रीका बारेमा सुनौ । उहाँसँग लागेका प्रश्न छन भने त्यो पनि सुन्ने धैर्यता राखौं । लोकतन्त्र भनेको आफूले मात्रै कुरा सुनाउने होइन । आफूले कसैलाई आरोपित गरेको छ भने निज व्यक्तिहरुले आफ्ना बारेमा पनि बताउने त्यो ठाउँ हो ।’

प्रमुख सचेतक बर्ताैलाले काँग्रेसले जन सरोकारका विषयमा छलफल गरेर महत्वपूर्ण कानूनहरु निर्माण गर्नुपर्ने संसद अवरुद्ध गरेर गल्ती गरेको दोहोर्‍याउनु भयो ।