२८ श्रावण २०८३, बिहीबार
,
Latest
स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने रहेछः अर्थसचिव उपाध्याय जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु ग्यास वितरण सहज बनाउन काठमाडौं उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन योगेश भट्टराईको प्रश्न : ‘नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त भएकाे छैन्?’ स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा,विमानस्थलमा कार्यकर्ताको भीड सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको सुलभ मूल्य बिक्री कक्ष सञ्चालन महाकाली करिडोरः डेढ दशकमा छ किलोमिटर कालोपत्र झापाको कनकाईका थप १३ परिवारले पाए जग्गाधनी पुर्जा यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको नैनीतालमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु



अ+ अ-

काठमाडौं । भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । नैनीताल क्षेत्रको बेतालघाट खोँचमा गाडी खस्दा सात नेपालीको मृत्यु भएको हो ।

भारतीय मिडिया वान इण्डियाका अनुसार सोमबार राती साढे १० बजे भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । जसमा सात नेपाली रहेका छन् भने एक भारतीय रहेका छन् ।

भारतीय चालक राजेन्द्र कुमारले चलाएको सवारी २०० मिटर गहिरो खोँचमा खसेको वान इण्डियाले लेखेको छ । मृत्यु भएका नेपालीहरू ५० वर्षका बिसराम, ४५ वर्षका धिरज, ४० वर्षका अनन्तराम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल छन् ।

दुर्घटनामा दुई जना नेपाली शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् । उनीहरु भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको बताइएको छ ।