१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

रास्वपालाई प्रदीप पौडेलको प्रश्न: निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?

रास्वपालाई प्रदीप पौडेलको प्रश्न: निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । उहाँले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? भन्ने प्रश्न गर्नुभयो । उहाँले कुनैपनि घटना विशेषको सत्यतथ्य खोजिनुपर्ने बताउनु भयो । उहाँले प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभएपनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको बताउनु भयो । उहाँले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि घटना विशेषको तथ्यसत्य के हो ? भन्नेकुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन । तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ । प्रश्न आफूलाई उठ्यो, त्यो कुराको वास्ता नगर्ने र अरुलाई प्रश्न उठाउने कुरा मात्रै सरकारमा बसेर स्वभाविक हुन सक्दैन । सुशासन पहिलो चाहना र आवश्यकता हो । सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्न आजसम्मका जतिपनि घटना छन्, काण्डहरु छन्, त्यसको छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर ल्याउनुपर्छ । निष्पक्ष ढंगले छानबिन हुने स्थिति हामीले सिर्जना गर्नुपर्छ । सरकारको संयन्त्र विश्वसनीय छैन भनेर यो भन्दा अघि पनि धेरै पटक भनिएको छ । हामीले विश्वसनीय छैन भनेर विभिन्न संसदीय समितिहरु बनायौँ । छानबिन समिति बनायौँ ।’

‘राज्यको संयन्त्रले राजनीतिक मानिसलाई छुन सक्दो रहेनछ, राजनीतिक मानिस त्यो पनि सत्तामा बसेका व्यक्तिहरुसँग प्रश्न गर्नै सक्दा रहनेछन् भन्नेकुरा सबैले बुझेका छौँ । निष्पक्ष छानबिनका लागि सत्यतथ्य खोज्नसक्ने समिति बनाएर छानबिन गर्ने स्थिति बनाउनुपर्छ । सहकारीको विषय केही तथ्यहरुसँग जोडिएको छ । हामीले छानबिन प्रभावित हुने स्थिति भएको कारणले संसदीय समिति बनाउनुपर्छ भनेको हो । समिति बनाउँदा सत्ताको अंक गणितको आधारमा हुन्छ । सत्तारुढ गठबन्धनले संसदीय समिति बनाउँदा र सत्तामै भएको व्यक्तिमाथि छानबिन गर्दा पनि संसदीय समितिको बहुमत त्यही गठबन्धनकै हुन्छ । संयोजक पनि त्यही पक्षबाट आउनुहुन्छ । काँग्रेसबाट गएका केही प्रतिनिधिले सत्यलाई ढाकछोप गर्ने स्थिति हुँदैन । त्यसैले छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन, हट्दैन ।’

सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गर्नुभयो ।