१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता
अ अ+ अ-

काठमाडौँ । सरकारले संघीय संसद सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता लिने भएको छ ।

गत बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता लिन स्वीकृती दिने निर्णय गरेको हो ।

बैठकले रेसिलियन्ट हाइ भ्यालु एग्रिकल्चर प्रोग्राम कार्यान्वयनको लागि अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट करिव ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्माका अनुसार नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो र केनाइल कार्यालयमा सो पदमा कार्यरत पदाधिकारी/व्यक्तिको कार्यालय समाप्त भएपछि स्वत: खारेज हुनेगरी प्राविधिक प्रहरी समूह तर्फको प्रहरी नायव महानिरिक्षक विशेष पद २ वटा सिर्जना गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यसैगरी, संयुक्त राज्य अमेरिकाको सान डिएगो, क्यालिफोर्नियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई र जर्मनीको नर्थ राइन, वेष्टफालिया ब्रेमेन र लोअर स्याक्सोनी क्षेत्रका लागि अवैतनिक महावाणिज्यदूत रामप्रताप थापाको पदावधि थप गर्ने समेत निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री शर्माले नारायण नगरपालिका दैलेखलाई फोहोरमैला संकलन, व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणको राष्ट्रिय वनको ३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृती दिने निर्णय भएको बताउनु भयो । मन्त्रिपरिषद्ले मनहरी गाउँपालिका मकवानपुरलाई मनहरी गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि राष्ट्रिय वनको ०.२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै, नेपाल वन सेवा फरेष्ट रिसर्च समूह रा.प. प्रथम श्रेणीका सहसचिव साबित्री अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले छायाँनाथ रारा नगरपालिका मुगु, आदर्श गाउँपालिका डोटी, बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, गुठिचौर गाउँपालिका जुम्ला, परहवा नगरपालिका रौतहट र पुन:वास नगरपालिका कञ्चनपुर लगायतका ६ स्थानीय तहलाई विभिन्न परियोजना सञ्चालन गर्नका लागि जग्गा प्राप्ति गर्न स्वीकृती प्रदान गर्ने निर्णय पनि गरेको छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा प्रा.डा. पशुपती चौधरी र सदस्य पदमा डा. विरेन्द्र प्रसाद यादवलाई नियुक्ति गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माका अनुसार बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्यमा झापा निवासी डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने पनि निर्णय भएको छ ।

नेपाल खानेपानी संस्थान कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली २०८० सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने पनि मन्त्रिपरिषद् बैठकको निर्णय छ । बैठकले ठुला आयोजना कार्यान्वयन अनुगमन तथा सहजीकरण निर्देशिका, २०८० स्वीकृत गर्ने, नेपाल सरकार र अन्य मुलुकबिच गरिने द्विपक्षीय लगानी सम्झौताको नमूना ढाँचा स्वीकृत गर्ने र राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायाले सचिव पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।