२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङे पाँचौ पटक मन्त्री बन्दै



फाईल फोटो
अ+ अ-

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज दिउँसो साढे तीन बजे शपथ लिने कार्यक्रम रहेको छ ।

नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा नियुक्त भएका हुन् ।

अधिकारीले शपथसँगै ३ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी समेत गरेका छन् । उनले माओवादीबाट १ जना र दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

मनाङेले चैत महिनामा मात्र दोस्रो पटक मन्त्रीको शपथ खाँदैछन् । मनाङे यही चैत ५ गते निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारमा भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । आज मनाङे पाँचौँ पटक मन्त्री बन्न लागेका हुन् ।