१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

पाठ्यपुस्तक समयमै पुग्दा नतिजा सुधारोन्मुख

पाठ्यपुस्तक समयमै पुग्दा नतिजा सुधारोन्मुख
अ अ+ अ-

चैनपुर । केदारस्यूँ गाउँपालिकाको जनचेतना आधारभूत विद्यालय देउरामा अहिले कक्षा छ मा पढ्छिन, अङ्किता दमाई । विगतका वर्षमा मुस्किलले पास हुने उनी यसपटक भने कक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भइन । पाठ्यपुस्तक अभाव र मेहेनत नहुँदा खस्केको उनको पढाइ यस वर्ष भने राम्रो हुँदा उनका परिवार पनि ढङ्ग छन् ।

“उसको पढ्ने रहर त थियो । तर, पढ्नलाई किताबै पाइँदैन थिए”, उनकी दिदी सिर्जनाले भन्नुभयो, “पुराना किताब आधा च्यातिसकेका हुन्थे । घरमा पनि खासै पढाइमा कसैले सघाउँदैन थिए । बहिनीको नतिजा पनि गतिलो हुँदैन थियो ।” गत वर्ष पाँच कक्षामा भर्ना गर्न जाँदा नयाँ किताब पाएपछि भने बहिनीको पढ्ने बानी पनि विकास भएको र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा आएको सिर्जनाले सुनाउनुभयो ।

सोही विद्यालयका तेजेन्द्र भण्डारी चार कक्षामा पढ्ने बेलामा एउटा किताब त फागुनमा मात्रै पुगेको थियो । “फागुनमा किताब पढेर चैतमा जाँच दिएर कसरी पास हुनु रु निकै मुस्किल हुन्थ्यो । मेरो मात्रै नभई अरू विद्यार्थीले पनि खासै पढ्न पाउँदैन थिए । यस पटक सबैले राम्रो अङ्क ल्याएर पास भएका छन्”, उहाँले भन्नुभयो ।

वित्थडचिर गाउँपालिकाको केदार माविमा पढ्ने विनोद बोहरा विद्यालयमा राम्रो विद्यार्थीका रुपमा चिनिनुहुन्छ । गत वर्ष भर्नासँगै पुस्तक पाएपछि भने झन् उहाँले मेहेनत बढाउनुभयो । “विगतका कक्षामा किताब पाउन त मुस्किल हुन्थ्यो । सरहरूले पनि किताब नआएको भन्दै पढाउन हेलचक्क्र्याँई गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “आधा कोर्स पढाइ नहुँदै वार्षिक परीक्षा हुन्थ्यो । अहिले भने सबै पढाइ हुन्छ । विद्यार्थीहरू पनि राम्रो नम्बर ल्याएर पास हुन्छन् ।”

बोहराको जस्तै अनुभव छ, सोही विद्यालयमा अध्ययनर कल्पना ढाँटको पनि । उहाँले भन्नुभयो, “सरकारले किताब दिएको छ, सरहरूले खुसी भएर पढाइरहनुभएको छ । विभिन्न सङ्घ संस्थाले सहयोग गरिरहनुभएको छ । केही अपुग भए पनि हामी गुनासो गर्छौं । समस्या समाधान हुन्छ ।”

जिल्लाकै बढी विद्यार्थी हुने मध्येको केदार माविमा यसपटक नतिजा राम्रो आएको उहाँले सुनाउनुभयो । शैक्षिक सत्रसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण भएकाले नतिजा सुधारोन्मुख भएको शिक्षा विकास तथा समन्वय इकाई बझाङको भनाइ छ । इकाईका सूचना अधिकारी वसन्तबहादुर सिंहका अनुसार विद्यार्थीको नतिजाको तथ्याङ्क यकिन नभए पनि नतिजा फेरिएको छ । पाठ्यपुस्तक समयमै विद्यार्थीले पाउँदा वर्षभरिमा पढाइ पनि हुने ज्ञान पनि हासिल गर्ने उहाँले बताउनुभयो ।

गत शैक्षिक सत्र २०८० को वैशाखमा विद्यार्थी भर्नासँगै हात–हातमा पाठ्यपुस्तक वितरण गरेका सामुदायिक विद्यालयले यस वर्ष पनि भर्नासँगै पाठ्यपुस्तक वितरण गर्ने तयारी गरिरहेका छन् ।

कतिपय विद्यालयले आवश्यकताअनुसार चैत महिनामै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसकेका छन् भने कतिले ल्याउने तयारी गरिरहेका छन् । खप्तडछान्ना गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरिप्रसाद सोतीका अनुसार जम्मा विद्यार्थी सङ्ख्याको ७५ प्रतिशत पुग्ने गरी पाठ्यपुस्तकका लागि विद्यालयलाई भुक्तानी भइसकेको छ । “सोही अनुसार विद्यालयले पाठ्यपुस्तक ल्याउँछन्” उहाँले भन्नुभयो, “नतिजापछि विद्यार्थीहरू घटबढ हुन सक्छन् भनेर अहिले ७५ प्रतिशत पाठ्यपुस्तक ल्याउन विद्यालयलाई भनेका छौँ । बढी ल्याउँदा पछि खेर जान पनि सक्छन् । बरू छुटेको खण्डमा फेरि पुस्तक ल्याउन विद्यालयलाई भुक्तानी गरिदिन्छौँ ।”

जनक शिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरूले पुस्तकहरू धमाधम ढुवानी गरिरहेको शिक्षा विकास तथा समन्वय विकास इकाइले जनाएको छ । इकाइका अनुसार जिल्लाका सबै सामुदायिक विद्यालयबाट सबै विद्यार्थीले नयाँ पुस्तक पाउनेछन् । रासस