४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भिर भएर लागि परेको छु : श्रममन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भिर भएर लागि परेको बताउनु भएको छ ।

मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरुको समस्या समाधान हुनेगरी उनीहरुको सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि आफूले काम गरिरहेको पनि बताउनु भयो । 

मन्त्री श्रेष्ठले भन्नु भयो, ‘कर्मचारी समायोजनबाट उत्पन्न समस्यालाई सरकारले समाधान गर्नका लागि तपाईहरुसँग हातेमालो गर्नेछ । त्यस्तै संघीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्न सरकारले शिघ्र संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलगायत अस्थायी, करार, ज्यालादारी कर्मचारीको समस्यालाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धताका लागि पनि मेरो तर्फबाट हाम्रो मन्त्रालय गम्भिर भएर लागि परेको छ । यसको नेतृत्वको पनि यो संगठनलाई लिन म आग्रह गर्न चाहन्छु । श्रम कानुनलाई समयानुकूल सुधार गरी सरकार, रोजगारदाता र ट्रेड युनियन श्रमिक बीचको सम्बन्ध सुमधुर बनाउने गरी मैले मन्त्रीको रुपमा नियुक्त भएदेखि नै लागि परेको छु । राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर गम्भिर भएर लागेको छु ।’

त्यस अवसरमा मन्त्री श्रेष्ठले कर्मचारीहरुको समायोजनपछि उत्पन्न समस्या समाधान गर्नेलगायतका काममा लागि सरकारले छिट्टै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको पनि बताउनु भयो ।