२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की

आईपीएलका सबै टोलीका कप्तानको तलबः कमिन्स मालामाल, धोनी सातौं नम्बरमा

आईपीएलका सबै टोलीका कप्तानको तलबः कमिन्स मालामाल, धोनी सातौं नम्बरमा
अ अ+ अ-

एजेन्सी । भोलि शुक्रबारदेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं संस्करणमा १० टोलीले एकअर्कालाई हराएर अगाडि बढ्ने प्रयास गर्नेछन् । केही महिना अघि भएको लिलामीले सबैलाई चकित पारेको थियो किनभने मिचेल स्टार्क लिगको इतिहासमा सबैभन्दा महँगो खेलाडी बने, जसलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारुमा किनेको थियो ।

प्याट कमिन्समा पनि २० करोडभन्दा बढीको बोली लगाइएको थियो । महेन्द्रसिंह धोनीदेखि फाफ डु प्लेसिसजस्ता अनुभवी खेलाडीले यसपटक आ–आफ्नो टोलीको कमाण्ड गर्नेछन् । यसैबीच यहाँ १० वटै टिमका कप्तानका पारिश्रमिकबारे जानौं ।

१. प्याट कमिन्स – सनराइर्ज हैदराबाद, २०.५ करोड


सनराइजर्स हैदरावादले आइपिएल २०२४ को लिलामीमा प्याट कमिन्सलाई २०.५ करोड भारु बोली लगाएर सबैलाई चकित पारेको छ । गत सिजन, एडेन मार्करामले एसआरएचको कप्तानी गरेका थिए, तर यस पटक उनी प्याट कमिन्सको कप्तानीमा खेल्दैछन् ।

कमिन्स त्यही खेलाडी हुन् जसले केही महिनाअघि अष्ट्रेलियालाई एकदिवसीय क्रिकेट विश्वकपमा विश्व च्याम्पियन बनाएका थिए । कमिन्सले आईपीएलमा हालसम्म ४२ खेलमा ४५ विकेट लिएका छन् ।

२. केएल राहुल – लखनउ सुपरजायन्ट्स, १७ करोड


केएल राहुल चोटका कारण गत सिजन आधा खेल खेल्न सकेनन् । उनको घुँडामा अझै समस्या छ तर सिजन सुरु हुनुअघि नै उनी पूर्ण रुपमा फिट हुने बताइएको छ । उनलाई लखनऊ सुपर जायन्ट्सले आईपीएल २०२४ को लागि राखेको छ र उनले एक सिजनको १७ करोड रुपैयाँ पारिश्रमिक पाउँछन् । राहुलको आईपीएल करियरको कुरा गर्दा उनले अहिलेसम्म ११८ खेल खेलेका छन्, जसमा उनले ४६.७८ को उत्कृष्ट औसतमा ४,१६३ रन बनाएका छन् ।

३. ऋषभ पन्त – दिल्ली क्यापिटल्स, १६ करोड


ऋषभ पन्त डिसेम्बर २०२२ मा कार दुर्घटनामा गम्भीर घाइते भएका थिए, जसका कारण उनले अन्तिम सिजन खेल्न सकेनन् । हालै बीसीसीआईले उनलाई फेरि क्रिकेट खेल्ने ग्रिन सिग्नल दिएको छ र दिल्ली क्यापिटल्सले उनलाई फेरि कप्तानी सुम्पेको पुष्टि गरेको छ । उनले एक सिजन खेल्दा १६ करोड पारिश्रमिक लिने गरेका छन् । पन्तले आईपीएलमा हालसम्म ९८ खेलमा २ हजार ८३८ रन बनाएका छन् ।

४. हार्दिक पाण्ड्या – मुम्बई इन्डियन्स, १५ करोड


हार्दिक पाण्ड्याले पछिल्लो २ सिजन गुजरात टाइटन्सको कप्तानी गर्दै आएका थिए तर यसपटक मुम्बई इन्डियन्सले उनलाई आफ्नो टिममा सामेल गर्ने निर्णय गरेको छ । उनलाई रोहित शर्माको स्थानमा टोलीको कप्तान घोषणा गरिएको छ ।

उनले गुजरातको टोलीमा पनि १५ करोड भारु पाउने गर्दथे र मुम्बईमा पनि उनको तलब त्यति नै हुने भएको छ । आफ्नो आईपीएल करियरमा पाण्ड्याले १२३ खेल खेलेका छन् र २ हजार ३०९ रन बनाएका छन् भने ५३ विकेट पनि लिएका छन् ।

५. सन्जु सामसन – राजस्थान रोयल्स, १४ करोड


सन् २०२१ देखि राजस्थान रोयल्सको कप्तानी सञ्जु सामसनले गरिरहेका छन् र उनलाई १७ औं सिजनको लागि पनि आरआरले राखेको छ । उनले २०२० देखि १४ करोड रुपैयाँ पारिश्रमिक लिँदै आएका छन् र आगामी सिजनमा पनि सोही तलब हुनेछ ।

यसपटक सामसनले कप्तानी मात्र होइन ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ । यदि हामी सामसनको आईपीएल करियरलाई हेर्छौं भने उनले अहिलेसम्म १५२ खेलमा ३८८८ रन बनाएका छन् ।

६. श्रेयस अय्यर – कोलकाता नाइट राइडर्स, १२.२५ करोड


श्रेयस अय्यर पनि लगातार चोटबाट संघर्ष गरिरहेका छन्, जसका कारण उनले आईपीएलको अन्तिम सिजन गुमाउनु परेको थियो । अय्यरलाई अझै पनि ढाड दुख्ने समस्या छ र सुरुका खेलहरूमा उनको खेल्नेमा अझै शंका छ । उनको तलब २०२२ र २०२३ मा १२.२५ करोड रुपैयाँ थियो र यो सिजन पनि त्यसमा निरन्तरता हुनेछ । उनले आफ्नो करियरमा १०१ खेल खेलेर अहिलेसम्म २ हजार ७ सय ७६ रन बनाएका छन् ।

७. महेन्द्र सिंह धोनी – चेन्नई सुपर किंग्स, १२ करोड


यो सूचीमा एमएस धोनीको नाम एकदमै कम छ । उनले २०१८ देखि २०२२ सम्म १५ करोड पारिश्रमिक लिइरहेका थिए, तर २०२३ बाट उनी चेन्नई सुपर किंग्सबाट १२ करोडको तलबमा खेल्दै आएका छन् । उनलाई आईपीएल २०२४ का लागि पनि १२ करोड रुपैयाँ दिइनेछ । आफ्नो आईपीएल करियरमा उनले अहिलेसम्म २५० खेल खेल्दै ५ हजार ८२ रन बनाएका छन् ।

८. शिखर धवन – पञ्जाव किंग्स, ८.२५ करोड


शिखर धवन आईपीएल २०२४ मा पञ्जाव किंग्सको कप्तानीमा देखिनेछन् । उनको पारिश्रमिक ८.२५ करोड रुपैयाँ छ र यदि हामी उनको व्यक्तिगत प्रदर्शनलाई हेर्छौं भने, उनले आजसम्म इन्डियन प्रिमियर लिगमा २१७ खेल खेलेका छन् र ६६१७ रन बनाएका छन् ।

९. शुभमन गिल – गुजरात टाइटन्स, ८ करोड


हार्दिक पाण्ड्या मुम्बई इन्डियन्स गएपछि शुभमन गिललाई गुजरात टाइटन्सको कप्तानी दिइएको छ । गिलले २०२१ सम्म केकेआरमा १.८ करोड भारु पाउथे, तर गुजरात आएपछि उनको तलब बढेर ८ करोड पुगेको छ । उनले आइपिएल २०२४ मा पनि सोही रकममा खेल्नेछन् । गिलले आईपीएलमा अहिलेसम्म ९१ खेल खेल्दै २ हजार ७९० रन बनाएका छन् ।

१०. फाफ डु प्लेसिस – रोयल च्यालेन्जर्स बैंगलोर, ७ करोड


फाफ डु प्लेसिसले सन् २०२२ देखि आईपीएलको सबैभन्दा लोकप्रिय टोलीमध्येको एक आरसीबीको कप्तानी गर्दैछन् । २०२२ मा आरसीबीको कप्तान बनेपछि उनको तलबमा भारी वृद्धि भएको थियो र उनले २०२४ मा पनि सोही तलब पाउनेछन् । आफ्नो आईपीएल करियरमा उनले अहिलेसम्म १३० खेल खेलेर ४ हजार १३३ रन बनाएका छन् ।