२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै

दिल्लीको कप्तानी ऋषभ पन्तले गर्ने

दिल्लीको कप्तानी ऋषभ पन्तले गर्ने
अ अ+ अ-

एजेन्सी । ऋषभ पन्तले आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सको कप्तानी गर्ने पक्का भएको छ । दिल्ली क्यापिटल्सका अध्यक्ष पार्थ जिन्दलले मंगलबार यो घोषणा गरेका हुन् ।

१४ महिनापछि क्रिकेटमा फर्किएका ऋषभ पन्त आइपिएल २०२४ मा ब्याटिङ मात्र नभई कप्तानी पनि गर्ने भएका छन् । तर, पन्तको विकेटकिपिङमा भने अझै शंका छ ।

उनी आईपीएलको १७ औं सिजनका लागि डेभिड वार्नरको स्थानमा आएका हुन् जसले गत आईपीएल सिजनमा दिल्लीको कप्तानी गरेका थिए ।

३१ डिसेम्बर २०२२ मा ऋषभ पन्तको दिल्लीबाट रुड़की जाने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर चोट लागेका पन्तको शल्यक्रिया पनि भयो । जसका कारण उनले आईपीएल २०२३ मा खेल्न पाएनन् । उनको अनुपस्थितिमा डेभिड वार्नरलाई दिल्ली क्यापिटल्सको कप्तान बनाइएको थियो ।

वार्नरको नेतृत्वमा दिल्लीको टोलीको अवस्था गत सिजन निकै खराब थियो । यस्तो अवस्थामा अब ऋषभ पन्त ब्याटिङका ​​लागि मात्र नभई आईपीएल २०२४ मा कप्तानको लागि पनि तयार छन् ।

ऋषभ पन्तले आईपीएलमा कुल ९८ खेल खेल्दै २८३८ रन बनाएका छन्, जसमा उनले एक शतक र १५ अर्धशतक बनाएका छन् । आईपीएलमा पन्तको सर्वाधिक रन नटआउट १२८ रन थियो ।