३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । स्पेनीस फुटबल क्लब रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम-१६ को दोस्रो लेगको खेलमा जर्मन क्लब आरबि लाइप्जिगसँग १-१ गोलको बराबरी खेलेपनि रियलले समग्रमा २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा ६५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा ओर्बानले गोल गर्दै लाइप्जिग बराबरीमा ल्याएपनि समग्रमा रियल विजेता बन्यो ।

यसअघि लाइप्जिगको घरेलुु मैदानमा रियलले १-० गोलको जित निकालेको थियो ।