१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेश



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा सम्पादन गरेका मुख्य–मुख्य काम कारबाही सङ्लग्न वार्षिक प्रतिवेदन सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ को उपदफा १ बमोजिम व्यवस्थापिका संसद्मा पेश गर्नका लागि आज प्रधानमन्त्री देउवा समक्ष पेश गरिएको हो ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेको बताउँदै आयोगको क्षमता विकास गर्नुपर्ने, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनामा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले प्रतिवेदन प्रस्तुत गर्दै संवैधानिक रुपमा व्यवस्था भएको महत्वपूर्ण मौलिक हकको कार्यान्वयनका लागि आयोग लागिपरेको र वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को अवधिका आयोगबाट भएका काम कारबाही समेटिएको जानकारी गराउनु भयो ।

साथै उहाँले आयोगका तर्फबाट राखिएका सुझावका बारेमा पनि उल्लेख गर्नुभएको थियो । आयोगका सचिव भागिरथ पाण्डेयले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम नै आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरिएको प्रस्ट पार्नुभयो ।

उक्त कार्यक्रममा आयोगका आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनाली, नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीलगायतको उपस्थिति रहेको थियो । आयोगमा यस अवधिमा सूचनाको हकसम्बन्धी ऐनको दफा १० बमोजिम सार्वजनिक निकायबाट सूचना प्राप्त नभएको भनी ७५३ वटा पुनरावेदन प्राप्त भएका थिए । 

त्यसरी प्राप्त पुनरावेदनमध्ये सबैभन्दा बढी ७३ प्रतिशत स्थानीय तहसँग सम्बन्धित थिए भने शिक्षा, स्वास्थ्य तथा खेलकूदसँग सम्बन्धित ७ प्रतिशत, आर्थिक क्षेत्रसँँग सम्बन्धित ४ प्रतिशत, कानुन, न्याय र प्रशासनसँग सम्बन्धित ४ प्रतिशत रहेका थिए ।

यसरी प्राप्त पुनरावेदन आयोगले ९८.७ प्रतिशत फछ्र्यौट गरेको प्रतिवेदनमा उल्लेख छ । आयोगले सूचनाको हकको संरक्षण संवद्र्धन तथा प्रचलनका लागि आयोगले ६ वटा जिल्ला क्रमशः कैलाली, सिन्धुपाल्चोक, पर्सा, कञ्चनपुर, दार्चुला र डोटीमा जिल्लास्तरीय सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

पाँचवटा स्थानीय तह क्रमशः शङ्खरापुर नगरपालिका काठमाडौँ, नमोबुद्ध नगरपालिका काभ्रे, थाँक्रे गाउँपालिका धादिङ, निजगढ नगरपालिका बारा र सुनापति गाउँपालिका रामेछापमा स्थानीय तहस्तरीय सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरी सार्वजनिक निकायका प्रमुख, सूचना अधिकारी, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारण गरी ६९५ जनालाई सूचनाको हक कार्यान्वयनका विविध पक्षका बारेमा प्रशिक्षण प्रदान गर्नुका साथै अन्तक्र्रिया कार्यक्रमसमेत सम्पन्न गरेको थियो । 




भर्खरै