२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘योग र ध्यानको अभ्यासबाट सुशासनको अभियान सार्थक’



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताउनुभएको छ ।

गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालाको आज उद्घाटन गर्दैै उपप्रधानमन्त्री श्रेष्ठले समाजलाई सकारात्मक मार्गमा डोहो¥याउन र विश्वभर मानवताको प्रवद्र्धन गर्न योगध्यानको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

“योग शारीरिक अभ्यास मात्र नभएर मनको विज्ञान पनि हो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “ध्यानमार्फत व्यक्ति पूर्ण जागृत अवस्थामा पुग्छ, यसबाट व्यक्तिको कार्यक्षमता पनि अभिवृद्धि हुन्छ ।” उहाँले दैनिक योगाभ्यास तथा ध्यानको प्रयोगबाट तनावमुक्त जीवनयापन, गहिरो शान्ति, सत्चरित्रवान् र ऊर्जावान् बन्न प्रेरित तथा परिणाममुखी काम गर्न सकिने दृष्टान्त दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले योग तथा ध्यानको प्रयोगले प्रशासन र सुरक्षा निकायका कर्मचारीलाई असल मनसायका साथ कार्यसम्पादन गर्न प्रेरित गर्ने तथा राज्यले सुम्पेका जिम्मेवारी पूरा गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले योग, ध्यान तथा सकारात्मक ऊर्जाको विकासलाई सरकारले थालनी गरेको सुशासनको अभियानसँग जोडेर अघि बढाइएको बताउनुभयो ।

यसखालका कार्यक्रमबाट गृह प्रशासनका कर्मचारी र सुशक्षार्कीको दायित्व तथा जिम्मेवारी झन प्रभावकारी बन्ने उहाँको विश्वास छ । “सरकारले सञ्चालन गरेको सुशासनको अभियानलाई सफल बनाउन योगध्यान कार्यक्रमबाट सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो, “अनियमितता, भ्रष्टाचार र ढिलासुस्तीलाई न्यूनीकरण गर्न पनि ध्यान विज्ञानले सहयोग गर्नेछ ।”

गृह मन्त्रालयले औपचारिक निर्णय गरेर नै प्रत्येक कार्यालयमा कामका सुरुआतमा १५ मिनेट ध्यान गरेर सकारात्मक ऊर्जाका साथ काम गर्ने वातावरण बनाएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले नेपाल प्रहरीको आधारभूत तथा सेवाकालीन तालिममा योग तथा ध्यानसम्बन्धी प्रशिक्षण दिइँदै आइएको बताउनुभयो । उहाँले प्रहरी तालिमसँगै योग तथा ध्यानलाई पनि जोडेर लगिने उल्लेख गर्नुभयो ।

जीवन विज्ञानका प्रशिक्षकद्वारा सञ्चालित उक्त ध्यान विज्ञान कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृत, गृह मन्त्रालयका कर्मचारी र प्रशिक्षार्थी गरी दुई सय बढीको सहभागिता छ । कार्यक्रममा योगाभ्यास, प्राणायम, ऊर्जाध्यानको प्रयोग गराइनेछ । रासस