१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गंगा आरतीको भिडियो खिच्न निषेध गरिएकोमा पशुपति क्षेत्र विकास कोषको असहमति



file photo
अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रालिले पशुपति क्षेत्रको गंगा आरतीको भिडियो खिच्न निषेध गरिएको भन्ने सूचनाबारे ध्यानाकर्षण जनाएको छ । बिहिबार विभिन्न सञ्चारमाध्यममा यसबारे समाचार समेत प्रकाशित भएको थियो ।

विकास कोषले एक सूचना जारी गर्दै भनेको छ – ‘बुढासुब्बा प्रालिले पशुपति आर्यघाट क्षेत्रको बागमति किनारमा हुने गंगा आरति र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही रहेको बताएको छ । यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउँदछौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएको प्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै, कोषले लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित गरिएको भन्दै असहमति समेत जनाएको छ । यस्तै, कोषले उक्त सूचना प्रकाशितप्रति कोषको कुनैपनि संलग्नता नरहेको जनाएको छ ।




भर्खरै