२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले प्रधानमन्त्रीलाई भने – राष्ट्रिय सभामा हामीलाई जिरो नगर्नुस्



file
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ ।

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई राष्ट्रिय सभामा जिरो नबनाउन प्रस्ताव गर्नुभएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीसँग राष्ट्रिय सभामा हामीलाई जिरो नबनाउनुस् भन्ने प्रस्ताव गर्नु भएको छ भन्ने कुरा छ । यसबारे गठबन्धनले बुझेर टुंग्गो लगाउने छ ।’

राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुग्नुभएको थियो ।