११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य थापालाई योगेश भट्टराईको कटाक्षः ‘बेकारकासँग समयको बर्बाद र दिमाग खराब गर्दिन’



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विवाद चर्किरहेका बेला वरिष्ठ नेता माधव नेपाल पक्षले अझै ठोस निर्णय लिन सकिराखेको छैन । नेता नेपाललाई दोस्रो पूस्ताका नेताहरुले पार्टी विभाजन गर्न नहुने बताउँदै आएका छन् ।

शुक्रबार संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा नेपाल पक्षीय नेता योगेश भट्टराईले पार्टी एकतालाई कायम राख्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पहलकदमी लिन आग्रह गरेका थिए ।

उनको त्यस अभिव्यक्तिपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा सामाजिक सञ्जालमार्फत नेता भट्टराईमाथि नै खनिए । नेकपा एमाले विभाजन गर्न नेपालहरु लागिपरेको भन्दै उनीहरुलाई ६ महिना पार्टीबाट निष्काशन गर्नुपर्ने थापाले धारणा राखे । 

सूर्य थापाको सो ट्विटपछि नेता योगेश भट्टराईले प्रधानमन्त्रीका सल्लाहकार थापालाई कटाक्ष गर्दै बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुने नत्र समयको बर्बाद र दिमाग खराब मात्र हुने बताएका छन् ।