४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा



file photo
अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ ।

उक्त मुद्दाको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा तोकिएको छ । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा आज सुनुवाई हुन लागेको हो ।

जनक पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । यता, प्रकाश खरेलले भने उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएका थिए । उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले पाण्डे र खरेलमध्ये कसको राय ठीक भन्ने आदेश जारी गर्नेछ ।