११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो

जलवायु परिवर्तनको असर: समय अगावै फुल्दै गुराँस, हराउँदै पैयुँ

जलवायु परिवर्तनको असर: समय अगावै फुल्दै गुराँस, हराउँदै पैयुँ
अ अ+ अ-

भेरीगङ्गा । दैलेख गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष हुनुभयो । उहाँले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रशस्त थिए । जब पैयुँ फुल्न थाल्थ्यो त्यतिबेला वनमा नै ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैँयुका बिरुवाहरु हराउँदै गएको भन्दै भीमबहादुर चिन्ता व्यक्त गर्नुहुन्छ । पहिले त पैयुँ वनैभरि थियो । पछिल्ला आठ/दश वर्षदेखि हराउँदै गएको बताउँदै भीमबहादुर भन्नुहुन्छ, “कात्तिक लाग्न सुरु भएपछि फुलेर ढकमक्क हुन्थ्यो, यो बिरुवालाई केही रोग लाग्यो कि रु अचेल त देख्नै मुस्किल हुन थाल्यो ।”

हिन्दू धर्मावलम्बीहरुको विभिन्न धार्मिक कार्यमा समेत पैँयुको प्रयोग गर्ने गरिन्छ । शुद्ध बिरुवा मानिने यो धर्मअनुसार ब्रतबन्ध, पूजाआजा गर्दा मौलो पुज्दा प्रयोग गरिने भए पनि हिजोआज पैयुँ नै हराउन थालेको छ । भीमबहादुर भन्नुहुन्छ, ‘‘विवाह गर्दा पैयुँ चाहिने, पूजाआजा गर्दा पैयुँचाहिने, कुल पूजा गर्दा समेत मौलो पैँयुकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो बोट हराउन थालेपछि हाम्रो संस्कृतिमा समेत असर पर्न थालेको छ ।’’

हेमन्त ऋतुको सुरुआत भएसँगै पैयुँ ढकमक्क फुल्न थाल्छ भने गुराँस फूल वसन्त ऋतुको सुरुवातसँगै फुल्ने गर्छ । हिउँदको सुरुवातसँगै फूलहरु फुल्ने क्रम रोकिएपछि पैयुँ फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फूलको रानी समेत भनिन्छ । यो फूलको रस माहुरीको लागि प्रमुख आहारा मानिन्छ । पैयुँ फुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँ खेती गर्ने याम सुरु भएको समेत विश्वास गरिन्छ । गुराँस गाउँपालिका–८ का जगत बिसी पनि पछिल्लो पाँच/सात वर्षदेखि पैयुँको बिरुवा हराउँदै गएको देख्दा अच्चमित हुनुहुन्छ ।

पैयुँको बिरुवा कसैसँग आयत गरेर ल्याएको बिरुवा नभएको र नेपालको रैथाने वनस्पति मानिन्छ । गुराँस गाउँपालिका–८ का वडा सदस्य महेश केसी पैयुँका बारेमा विगतदेखि नै आफू जानकार भएको बताउनुहुन्छ । ‘‘म पैयुँको बारेमा सानोदेखि नै जानकार छु । यो पहाडी क्षेत्रमा पाइन्छ । यसको फूल फुल्ने समयमा माहुरी झुल्ने गर्छ, माहुरीको प्रमुख आहारा रहेको यो बिरुवा हराउँदै गएको छ ।” यसले समग्र पर्यावरणमा समेत असर पार्न सक्ने केसी बताउनुहुन्छ ।

पैयुँमात्र होइन, फूल फुल्ने अन्य बिरुवाहरुमा समेत परिवर्तन हुन थालेको छ । यही क्षेत्रमा प्रशस्त मात्रामा पाइने लालीगुराँसलगायतका फूलहरु पनि फुल्ने महिनामा परिवर्तन आउन थालेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार गुराँस फागुनबाट फुल्न सुरु हुन्थ्यो तर अहिले पुस महिनादेखि नै फुल्न थालेको छ । पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि फुल्ने समयमा परिवर्तन आउँदा भविष्यमा ठूलो समस्या पार्न सक्ने वातावरणविद्हरु बताउँछन् ।

गुराँस गाउँपालिकास्थित कालिका माविमा वातावरण विषयका शिक्षक लोकबहादुर खड्का लालीगुराँस फुल्ने समयमा परिवर्तन भएको बताउनुहुन्छ । पहिले लालीगुराँस फुल्न थालेपछि फागुन महिनादेखि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो तर अहिले पुस महिनादेखि फुल्न सुरु गर्छ । यसको फूल पनि सानो आकारमा रहेको उहाँको भनाइ छ ।

नेपालको पैयुँभनिने जापानको साकुरा अमेरिकाको चेरी भनेर चिनिन्छ । खासगरी अप्रिलमा फुल्नुपर्ने यो फुल विश्व तापमानको कारण मार्चमै फुल्ने क्रम देखिएको अध्ययन अनुसन्धानहरुले देखाएको छ । अमेरिका र जापानमा गरिएको ९० वर्षको समयावधिमा चेरी अर्थात् पैयँुको फूल फुल्ने समयको तथ्याङ्क हेर्दा अप्रिलमा फूल फुल्ने प्रवृत्ति एक महिना अगाडि नै सरेको देखिएको छ ।

जलवायु परिवर्तनका कारणले वनस्पति प्रणालीमा आएको फेरबदलको घटनालाई विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका सम्प्रेषण गर्ने गरेका छन् । यसका कारणहरुका बारेमा विश्वका विभिन्न देशमा विभिन्न अध्ययनहरु भइरहेको भए पनि नेपालमा त्यति महत्व दिइएको पाइँदैन । नेपालका पहाडी क्षेत्रमा पाइने पैँयुलगायत वनस्पतिहरु हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनाका कारण जलवायु परिवर्तनको असर हुनसक्ने मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान सङ्कायमा अध्यापन गराइरहनुभएका प्राडा पुष्पराज आचार्य बताउनुहुन्छ ।

कर्णाली प्रदेशमा पनि जलवायु परिवर्तनको असरका विषयमा अध्ययन गरिरहँदा वर्षाको स्थिति, तापक्रम अवस्थालगायत अध्ययन गर्दा परिवर्तन पाइएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “तापमान वृद्धिको असर फूल फुल्ने बिरुवाहरुमा अवश्य पर्छ । पहाडी क्षेत्रमा पाइने गुराँस फूल फुल्नका लागि केही वर्षअगाडि फागुन–चैतमा तापक्रम उपयुक्त हुन्थ्यो भने अहिले पुस–माघमा नै उपयुक्त हुन थाल्यो, त्यही भएर नै गुराँस फूल फुल्ने समय परिवर्तन भयो, यसको अर्थ के हो भने अहिले बढ्दो तापमानका कारण जलवायु परिवर्तन भइरहँदा त्यसको असर वनस्पतिमा पनि पर्न थाल्यो ।”

नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा खासै चासो नदिएको भन्दै उहाँले कर्णालीमा त झनै यसमा कुनै खोज अनुसन्धान नभएको डा आचार्य बताउनुहुन्छ । “जलवायु परिवर्तनले पुर्‍याएको असरका विषयमा त्यति अध्ययन अनुसन्धान भएको छैन । तीनै तहका सरकारले चासो दिएर खोज अनुसन्धान र यसले पुर्‍याउने असर न्यूनीकरणमा लाग्नुपर्छ ।”

कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको असरको विषयमा खासै अनुसन्धान गरेको पाइँदैन । बुट्यानहरुमा परेको प्रभावको विषयमा कुनै खोज अनुसन्धान गर्न खासै त्यस्तो योजना नबनेको मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने बताउनुहुन्छ । “प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट केही बिरुवाहरुको संरक्षणका लागि काम त भएका छन् तर पैयँुलगायत अन्य बिरुवाहरुमा परेको असरका विषयमा त्यस्तो खोज अनुसन्धान भएको छैन ।” आगामी वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने उहाँको प्रतिबद्धता छ ।

पैयुँ संरक्षण, वृक्षारोपण तथा गुराँस संरक्षणमा सरकारले केही प्रयास गरे पनि पर्याप्त भने नभएको विज्ञहरु बताउँछन् । पैयुँ नेपालका पहाडी क्षेत्रका वनहरुमा आफैँ उम्रिने बिरुवा भए पनि अहिले लोप हुन थालेपछि संरक्षणका लागि नेपाल कृषि बीउबिजन केन्द्रले यस बिरुवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्न थालिएको ३० वर्षदेखि कृषि, वन क्षेत्रमा काम गर्दै आउनुभएका रामप्रसाद गौतम बताउनुहुन्छ । समुन्द्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ, गुराँसलगायत बिरुवा पाउने गर्छ । रासस