२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश



अ+ अ-

कटारी । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो ।

कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका वडा नं १४ को घुर्मी बजारमा बागमती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यस अवसरमा टोलीलाई एमालेको प्रदेश कमिटी, उदयपुर जिल्ला कमिटी, कटारी नगर कमिटीले घुर्मीमा स्वागत गरेको एमाले नगर कमिटी अध्यक्ष सञ्जीव कार्कीले बताउनुभयो ।

“पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका अतिथिहरुलाई तीन किलोमिटर पैदलयात्रा पश्चात घुर्मीमा खाना खुवाइएको छ”, कार्कीले भन्नुभयो, “आजै ओखलढुङ्गा मानेभञ्ज्याङ्ग गाउँपालिकाको हर्कपुरमा आयोजना हुने सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।”

सो यात्रा हर्कपुरपछि भोजपुर, वसन्तपुर हुँदै पूर्वी जिल्लामा केन्द्रित हुने एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिनुभयो । यात्रामा अध्यक्ष ओलीलगायत केन्द्रीय उपाध्यक्ष, केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी सहभागी हुनुहुन्छ । रासस