२७ जेष्ठ २०८३, बुधबार
,
Latest
दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डला थिएटरमा ‘मानिस हराएको सूचना’को मञ्चन जारी



अ+ अ-

काठमाडौँ । राजधानीको थापागाउँस्थित मण्डला नाटकघरमा मंसिर १५ गतेदेखि नाटक ‘मानिस हराएको सुचना’ मञ्चन भइरहेको छ ।

२४ गतेसम्म चल्ने नाटक सोमबारबाहेक हरेकबार साँझ पाँच बजे र शनिबार दिउँसो एक बजे मञ्चन हुनेछ । ब्लु डाईमन्ड सोसाईटि, झ्याल आर्ट, ऐभरेष्ट फिल्म ऐकेडेमी र मण्डला नाटकघरको सहयोगमा नाटक मञ्चन गरिएको हो ।

अमित गिरीले लेखेको नाटकमा गिरी र सन्तोष बिष्टको संयुक्त रुपमा निर्देशन रहेको छ । नाटकमा सबिन राई, सोनिका शाही ठकुरी, रोमस राय ठकुरी, स्नेहा जोशी, साईमन थापा, दीपक कोइराला लगाएका १३ जना कलाकारहरुले अभिनय गरेका छन् ।

सामाजिक बिषयलाई उठान गरिएको नाटकमा वर्तमान समाजको यथार्थ कुराहरुलाई मनोरन्जनात्मक रुपमा प्रस्तुत गर्न खोजिएको निर्देशक तथा कलाकार सन्तोष बिष्टले जानकारी दिए ।

निर्देशक तथा कलाकार बिष्टका अनुसार आफ्नो कुराहरु समाजमा खुलेर बोल्न डराईरहेका मानिसहरुको कथा, आफ्नो अस्तित्व बिर्सिएका मानिसहरुको कथा, मानिसको व्यक्तिगत जिन्दगीमा परिवार, समाज र राष्ट्रले प्रतक्ष अप्रतक्ष रुपमा पारिरहेको प्रभावको कथा नाटकमा हेर्न पाईनेछ ।